नेपालमा आज लन्च हुँदै रोयल इनफिल्ड क्लासिक ३५० को ‘गोर्खा एडिसन’
काठमाडौं–रोयल इनफिल्डको लोकप्रिय बाइक क्लासिक ३५० को नयाँ ‘गोर्खा एडिसन’...
काठमाडौं–रोयल इनफिल्डको लोकप्रिय बाइक क्लासिक ३५० को नयाँ ‘गोर्खा एडिसन’ नेपाली बजारमा लन्च भएको छ ।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्स प्रालिले बिहिबार एक भब्य कार्यक्रममाझ यस नयाँ मोटरसाइकल लन्च गरेको हो । नेपाली बजारमा यसको सुरुवाती मूल्य ५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
भारतीय बजारमा केहि दिनअघि मात्र लन्च गरिएको यो नयाँ मोडल भारतीय सेनाको ऐतिहासिक र साहसी गोर्खा रेजिमेन्टप्रति सम्मान प्रकट गर्न तयार पारिएको हो ।
बाइकमा विशेष ‘गोर्खा ग्रीन’ रङ प्रयोग गरिएको छ भने यसको फ्युल ट्यांक र साइड प्यानलमा गोर्खा रेजिमेन्टको पहिचान स्वरूप क्रस खुकुरी अंकित गरिएको छ ।
बाइकमा साविककै परिमार्जित ३४९ सीसीको जे–सिरिज सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले २० बीएचपी पावर र २७ एनएम टर्क उत्पन्न गर्छ ।
यसमा ५–स्पीड गियरबक्सका साथै असिस्ट एन्ड स्लिपर क्लच र टाइप–सी युएसबी फास्ट चार्जिङ पोर्टजस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...