नेपाल आइपुग्यो टाटा सिएरा ईभी, नाडा अटो शो २०२६ मा प्रदर्शन हुने
काठमाडौं – टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...
काठमाडौं - नेपालका लागि डोङफेङको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘नामी भिगो ई२’ सार्वजनिक गरेको छ।
नेपाली बजारमा पहिले देखि नै उपलब्ध नामी भिगोको नयाँ संस्करणको रुपमा यो गाडी उपलब्ध भएको हो । एक भव्य कार्यक्रमका बिच सार्वजनिक गरिएको नामी भिगो ई२ को मूल्य पनि निकै नै प्रतिस्पर्धी राखिएको छ ।
यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यद्यपि नाडा अटो शो २०२६ को अवधिभरका लागि यसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ मात्र हुनेछ । नाडा अटो शो आगामी भदौ ९ देखि १४ सम्म हुँदैछ ।
यस अघि उपलब्ध नामी भिगो भन्दा अब यसको मूल्यमा ५ लाख रुपैयाँ कमी भएको छ । पहिले ई२ को मूल्य ४० लाख ९९ हजार र ई२ प्लसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ थियो । कम्पनीले यसलाई फुल एसयूभी भनेको छ । पहिले उपलब्ध मुनरुफ अबको मोडलमा छैन ।
५१.८७ किलोवाट आवर ब्याट्री क्षमतासहित सार्वजनिक गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर छ, जसले सिंगल चार्जमा ३५० किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज प्रदान गर्दछ। नेपालका सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ।
सुरक्षा र प्रविधिका हिसाबले यो गाडी निकै सुसज्जित छ । यसमा ३६० डिग्री क्यामेरा र अत्याधुनिक एडास लेभल २ जस्ता आधुनिक सुरक्षा फिचर समावेश गरिएका छन्। यसमा चालकका लागि हिटेड र भेन्टिलेटेड सिट, वाइफाई कनेक्टिभिटी, वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एन्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ लगायतका विभिन्न फिचर छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...