नेपालकै फास्ट चार्जर सहित आरजेडएम अटोको वर्कशप र चार्जिङ नेटवर्क सञ्चालनमा
काठमाडौं – चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम...
काठमाडौं–काठमाडौँको नक्सालमा चिनियाँ अटोमोबाइल ब्रान्ड बीएआईसीको नयाँ र आधुनिक शोरुम सञ्चालनमा आएको छ । बीएआईसीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी मोटर हबले उक्त शोरुम सञ्चालनमा ल्याएको हो ।
नयाँ शोरुमको स्थापनासँगै ग्राहकहरूले हालै नेपाली बजारमा भित्रिएका दुई मोडलहरू आर्कफक्स टी१ र बीजे३०ईको टेस्ट ड्राइभ तथा बुकिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोको पाँचौँ दिन सार्वजनिक गरिएको कारण बहुप्रतीक्षित आर्कफक्स टी१ लाई एक्स्पोमा धेरै दर्शकले नजिकबाट अवलोकन गर्न पाएका थिएनन् । कम्पनीले अब भने नक्सालस्थित शोरुममा भिजिट गरेर गाडीबारे विस्तृत जानकारी लिन, टेस्ट ड्राइभ गर्न र बुकिङ गर्न सकिने जनाएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा यी दुई मोडलले निकै नै चर्चा पाएका थिए । यद्यपि धेरैले यसको वारेमा बुझ्न र अन्य जानकारी लिन नपाएको गुनासो आइरहेको थियो । यसैले पनि हुन सक्छ, अहिले शोरुममा पनि यी मोडलको वारेमा जान्ने र बुझ्ने तथा टेस्ट ड्राइभ गर्नेहरुको उत्तिकै लहर चलेको कम्पनीको भनाइ छ ।
नेपाली ईभी बजारमा निकै चर्चामा रहेको आर्कफक्स टी१ मा ४२.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक र ७० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ३१० किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज दिने कम्पनीको दाबी छ ।
नेपालमा यो कारका दुई भेरियन्ट उपलब्ध गराइएको छ, जसको मूल्य ३२ लाख ९६ हजार र ३५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । प्रतिस्पर्धी मूल्य, आधुनिक प्रविधि र आकर्षक फिचरका कारण यो मोडल नेपाली विद्युतीय सवारी पारखीहरूका लागि मुख्य रोजाइ बन्ने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...