नाइमा एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, अफर भदौ १५ सम्म

काठमाडौं–हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपोमा म्याक्ससका ई–टेरेन पिकअप ४४ युनिट बुकिङ भएका छन् । म्याक्ससको नेपालका लागि आधिारिक वितरक हिमालय मोटरक्स प्रालीका अनुसार, ई–टेरेनको कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएका हुन् ।

कम्पनीले केही हप्ता अगाडि मात्र सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सन पिकअपलाई ८८ लाखमा बजारमा ल्याएको थियो र नाइमा अटो शोमा रु २ लाख छुट प्रदान गरेको थियो । त्यसैगरी १ करोड २८ लाख मूल्य रहेको प्रिमियम भर्सनमा ५ लाख छुट दिइएको थियो ।

यो छुट सुविधा नाइमा मोबिलिटी एक्सपोका लागि मात्र तय गरिएको भएतापनि ग्राहकहरूको विशेष अनुरोधलाई ध्यानमा राख्दै यही भदौ १५ गतेसम्मका लागि अफर यथावत राखिएको कम्पनीले जनाएको छ । ‘परिवार र व्यवसायका लागि एउटै सवारी’ भन्ने नाराका साथ बिक्री सुरु गरिएको यो पिकअप विशेष गरी युवा वर्ग, कच्ची सडकमा यात्रा गर्नेहरू तथा क्याम्पिङमा रुचि राख्नेहरूका माझ निकै लोकप्रिय बनेको छ ।

यसको एग्रेसिभ डिजाइन, सुविधा सम्पन्न फिचरहरू तथा निजी र व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त हुनाले यसले छोटो समयमै नेपाली बजारमा राम्रो स्थान बनाएको कम्पनी दाबी छ । उच्च ग्राउन्ड क्लिरेन्सका कारण कन्स्ट्रक्सन र हाइड्रोपावर क्षेत्रका व्यवसायीहरूका लागि यो विद्युतीय पिकअप निकै उपयोगी र किफायती साबित भएको छ ।

चीनको ख्याति प्राप्त कम्पनी एसएआईसी अन्तर्गतको म्याक्ससद्वारा निर्मित यो गाडीप्रति नेपाली ग्राहकको विश्वास बढ्नुका साथै बिक्रीपछिको स्पेयर पाट्र्स तथा सर्भिस सुविधामा सहजता रहने प्रतिबद्धताले पनि यसको आकर्षण बढाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...