प्राकृतिक विपद् प्रभावित सवारीसाधन दर्ताको म्याद थप्न नाइमाको आग्रह
काठमाडौं–प्राकृतिक विपद्का कारण समयमै सवारीसाधन दर्ता गर्न नसकेका...
काठमाडौं–हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्सपोमा म्याक्ससका ई–टेरेन पिकअप ४४ युनिट बुकिङ भएका छन् । म्याक्ससको नेपालका लागि आधिारिक वितरक हिमालय मोटरक्स प्रालीका अनुसार, ई–टेरेनको कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएका हुन् ।
कम्पनीले केही हप्ता अगाडि मात्र सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सन पिकअपलाई ८८ लाखमा बजारमा ल्याएको थियो र नाइमा अटो शोमा रु २ लाख छुट प्रदान गरेको थियो । त्यसैगरी १ करोड २८ लाख मूल्य रहेको प्रिमियम भर्सनमा ५ लाख छुट दिइएको थियो ।
यो छुट सुविधा नाइमा मोबिलिटी एक्सपोका लागि मात्र तय गरिएको भएतापनि ग्राहकहरूको विशेष अनुरोधलाई ध्यानमा राख्दै यही भदौ १५ गतेसम्मका लागि अफर यथावत राखिएको कम्पनीले जनाएको छ । ‘परिवार र व्यवसायका लागि एउटै सवारी’ भन्ने नाराका साथ बिक्री सुरु गरिएको यो पिकअप विशेष गरी युवा वर्ग, कच्ची सडकमा यात्रा गर्नेहरू तथा क्याम्पिङमा रुचि राख्नेहरूका माझ निकै लोकप्रिय बनेको छ ।
यसको एग्रेसिभ डिजाइन, सुविधा सम्पन्न फिचरहरू तथा निजी र व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त हुनाले यसले छोटो समयमै नेपाली बजारमा राम्रो स्थान बनाएको कम्पनी दाबी छ । उच्च ग्राउन्ड क्लिरेन्सका कारण कन्स्ट्रक्सन र हाइड्रोपावर क्षेत्रका व्यवसायीहरूका लागि यो विद्युतीय पिकअप निकै उपयोगी र किफायती साबित भएको छ ।
चीनको ख्याति प्राप्त कम्पनी एसएआईसी अन्तर्गतको म्याक्ससद्वारा निर्मित यो गाडीप्रति नेपाली ग्राहकको विश्वास बढ्नुका साथै बिक्रीपछिको स्पेयर पाट्र्स तथा सर्भिस सुविधामा सहजता रहने प्रतिबद्धताले पनि यसको आकर्षण बढाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...