नेपाल आइपुग्यो डोङफेङको प्रिमियम ब्रान्ड ‘एमहिरो’, नाडा आटो शोको मुख्य आकर्षण बन्ने

चीनको प्रतिष्ठित अटोमोबाइल ब्रान्ड डोङफेङको प्रिमियम तथा लक्जरी अफरोड विद्युतीय सवारी ब्रान्ड एमहिरो नेपाल आइपुगेको छ । एमहिरोलाई डोङफेङको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि मोटर्सले आगामी नाडा अटो शो २०२६ मा प्रदर्शन गर्न ल्याएको हो ।

अटो शो भदौ ९ देखि १४ गते (अगस्ट २५ देखि ३०) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । एमहिरोको आगमनले नाडा अटो शोमा प्रिमियम विद्युतीय एसयूभीतर्फको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।

एमहिरो विशेष गरी सैन्य गाडीको झल्को दिने आक्रामक र मस्कुलर लुक्स, बोल्ड ग्रिल र क्रस–सेप्ड एलइडी हेडलाइटका लागि चर्चित छ । गाडीको भित्री भागमा लक्जरी नेपा लेदर फिनिसिङ, ठूला डिजिटल डिस्प्लेहरू, ६४ कलर एम्बियन्ट लाइटिङ र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ ।

एमहिरो शक्तिशाली विद्युतीय ड्राइभट्रेनमा आधारित छ, जसले १००० हर्सपावरभन्दा बढी शक्ति र उत्कृष्ट टर्क उत्पन्न गर्छ। कठिन परिस्थितिमा सहज यात्रा सुनिश्चित गर्न यसमा ४–ह्विल ड्राइभ र ३ वटा डिफरेन्सियल लकहरू राखिएका छन् । यसमा रहेको क्र्याब मुभिङ मोडले गाडीलाई तेर्सो वा डायगोनल रूपमा मोड्न मद्दत गर्छ भने ९० सेन्टिमिटरसम्मको गहिरो पानीमा पनि यो सहजै चल्न सक्छ ।

नेपाली बजारमा प्रिमियम र लक्जरी ईभीको माग बढ्दै गएको अवस्थामा एमहिरोको प्रवेशले यस सेगमेन्टमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्नेछ । यद्यपि गाडीको आधिकारिक बिक्री मूल्य, नेपालमा उपलब्ध हुने भेरियन्ट र औपचारिक डेलिभरी मितिबारे एमएडब्लू ग्रुपले नाडा अटो शोकै समयमा विवरण सार्वजनिक गर्ने जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...