नामीले नेपाल ल्याउँदै फुल साइज एसयूभी ‘भिगो ई२’

काठमाडौं–एमएडब्लू वृद्धि मोटर्सले नयाँ इलेक्ट्रिक गाडी नामी भिगो ई२ सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले यस गाडीलाई ‘फुल साइज एसयूभी’का रूपमा बजारमा ल्याउन लागेको हो ।

आगामी अगस्ट १९ मा आधिकारिक रूपमा सार्वजनिक हुने यो मोडलले नेपाली बजारमा फराकिलो क्याबिन, अत्याधुनिक सुविधाहरू र व्यावहारिक कार्यक्षमता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । नामी ब्रान्डले नेपाली सवारी साधन बजारमा राम्रो लोकप्रियता हासिल गर्दै आइरहेको छ ।

हालसम्म देशभर २,००० भन्दा बढी नामीका गाडीहरू सफलतापूर्वक सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । यसअघि पनि मनाङ, मुस्ताङ र शुक्लाफाँटा जस्ता अप्ठ्यारा भौगोलिक क्षेत्रहरूमा नामीका गाडीहरूले आफ्नो राम्रो क्षमता प्रदर्शन गरिसकेका छन् ।

कम्पनीका अनुसार नयाँ नामी भिगो ई२ लाई दैनिक शहरी यात्रादेखि लामो दूरीको चुनौतीपूर्ण यात्राका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । यस नयाँ मोडलको आधिकारिक मूल्य र अन्य विस्तृत प्राविधिक जानकारीहरू भने अगस्ट १९ मा आयोजना हुने सार्वजनिक कार्यक्रममार्फत नै घोषणा गरिने कम्पनीको भनाई छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...