युरोपेली कारका तुलनामा चिनियाँ कारमा टचस्क्रिनको बढी प्रयोगले चालकको ध्यान भंग हुने जोखिम
चिनियाँ ब्रान्डका कारमा अत्यधिक टचस्क्रिनको प्रयोगले चालकको ध्यान भंग...
काठमाडौं–एमएडब्लू वृद्धि मोटर्सले नयाँ इलेक्ट्रिक गाडी नामी भिगो ई२ सार्वजनिक गर्ने तयारी गरेको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले यस गाडीलाई ‘फुल साइज एसयूभी’का रूपमा बजारमा ल्याउन लागेको हो ।
आगामी अगस्ट १९ मा आधिकारिक रूपमा सार्वजनिक हुने यो मोडलले नेपाली बजारमा फराकिलो क्याबिन, अत्याधुनिक सुविधाहरू र व्यावहारिक कार्यक्षमता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । नामी ब्रान्डले नेपाली सवारी साधन बजारमा राम्रो लोकप्रियता हासिल गर्दै आइरहेको छ ।
हालसम्म देशभर २,००० भन्दा बढी नामीका गाडीहरू सफलतापूर्वक सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । यसअघि पनि मनाङ, मुस्ताङ र शुक्लाफाँटा जस्ता अप्ठ्यारा भौगोलिक क्षेत्रहरूमा नामीका गाडीहरूले आफ्नो राम्रो क्षमता प्रदर्शन गरिसकेका छन् ।
कम्पनीका अनुसार नयाँ नामी भिगो ई२ लाई दैनिक शहरी यात्रादेखि लामो दूरीको चुनौतीपूर्ण यात्राका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । यस नयाँ मोडलको आधिकारिक मूल्य र अन्य विस्तृत प्राविधिक जानकारीहरू भने अगस्ट १९ मा आयोजना हुने सार्वजनिक कार्यक्रममार्फत नै घोषणा गरिने कम्पनीको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...