ड्यासबोर्ड र मोटर क्षमता परिमार्जन भएर आउँदै नयाँ बीवाईडी सिगल

काठमाडौँ—बिवाईडीको लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक सिगल(नेपाली बजारमा एट्टो१) को नयाँ रिफ्रेस मोडलको भित्री डिजाइन चीनमा सार्वजनिक भएको छ । स्पाई सटहरूमा देखिएअनुसार नयाँ सिगलमा अघिल्लो मोडलको तुलनामा ब्यापक परिमार्जन गरिएको छ ।

नयाँ सिगलको सेन्टर कान्सोलमा एउटा ठूलो इन्फोटेनमेन्ट टचस्क्रिन राखिएको छ भने चालकको अगाडि रहने परम्परागत ड्यासबोर्ड डिस्प्लेलाई हटाइएको छ । ड्यासबोर्ड र सेन्टर कान्सोललाई दुई तहमा विभाजन गरिएकाले मुनि सामानहरू राख्न सहज हुनेछ ।

एसी भेन्टमुनि केही मुख्य भौतिक बटनहरू यथावत् राखिएका छन् भने स्टेरिङ ह्विल र सिटको रङमा पनि आकर्षक परिमार्जन गरिएको छ ।

हालै चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भएका तथ्यांक अनुसार नयाँ सिगल आकार र क्षमता दुवैमा बढेको छ । गाडीको लम्बाइ, चौडाइ, उचाइ र ह्विलबेस पहिलेभन्दा ठूलो बनाइएको छ ।

यसमा १२७ हर्सपावर क्षमताको फ्रन्ट मोटर राखिएको छ, जसले गर्दा गाडीको अधिकतम गति १५० किलोमिटर प्रतिघण्टा पुग्ने जनाइएको छ । १६ इन्चका चौडा टायरहरू प्रयोग गरिएको यो गाडीमा फिनड्रिम्सको एलएफपी ब्याट्री र ४०० भोल्टको प्लेटफर्म रहनेछ ।

चीनको आन्तरिक बजारमा प्रतिस्पर्धा बढेपछि बिवाईडीले नयाँ डिजाइन र अत्याधुनिक फिचरसहित सिगललाई पुनः बजारमा उतार्ने तयारी गरेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...