प्राकृतिक विपद् प्रभावित सवारीसाधन दर्ताको म्याद थप्न नाइमाको आग्रह
काठमाडौं–प्राकृतिक विपद्का कारण समयमै सवारीसाधन दर्ता गर्न नसकेका...
काठमाडौं–भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा जगदम्बा मोटर्सद्वारा प्रदर्शित प्रोटोनका दुई नयाँ इलेक्ट्रिक एसयुभी प्रोटोन ई.मास ५ र प्रोटोन ई.मास ७ ले अवलोकनकर्ताको ध्यान आकर्षित गरेका छन् । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले यी आधुनिक र व्यावहारिक मोडलहरू प्रदर्शनीमा राखेको हो ।
एक्स्पोमा मुख्य आकर्षण बनेको कम्प्याक्ट इलेक्ट्रिक एसयुभी प्रोटोन ई.मास ५ सहरी जीवनशैलीलाई ध्यानमा राखी निर्माण गरिएको छ । रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सामान व्यवस्थापनका लागि स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल–एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल–टु–लोड प्रविधि र जि–ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता आधुनिक विशेषताहरू समावेश छन् ।
सहरी सडकमा दैनिक प्रयोगका लागि अत्यन्त उपयुक्त मानिएको यो गाडी प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु. ३२.९९ लाख र रु. ३६.९९ लाख निर्धारण गरिएको छ ।
त्यसैगरी, पारिवारिक प्रयोग र लामो दूरीको यात्राका लागि डिजाइन गरिएको प्रोटोन इ.मास ७ ले ग्राहकहरूलाई फुल–साइझ एसयुभीको अनुभव प्रदान गर्दछ । यसको प्राइम भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ, जसले लगभग ३४५ किमीको ध्ीत्ए रेन्ज दिन्छ। १५.४ इन्चको डिस्प्ले र एडास सुरक्षा प्रविधिसहित आएको यो मोडल पनि ’प्राइम’ र ’प्रिमियम’ भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु. ४९.९९ लाख र रु. ५९.९९ लाख रहेको छ ।
एक्स्पो अवधिभर प्रोटोनका गाडीहरूप्रति देखाएको चासो र विश्वासका लागि जगदम्बा मोटर्सले सम्पूर्ण ग्राहक तथा अवलोकनकर्ताहरूलाई धन्यवाद व्यक्त गरेको छ । साथै, नाइमा एक्स्पोमा सहभागी हुन छुटेका ग्राहकहरूका लागि कम्पनीले आगामी ‘नाडा अटो शो २०२६’ मा उपस्थित भई गाडीहरूको प्रत्यक्ष अवलोकन गर्न र नयाँ रोमाञ्चक अफरहरूको लाभ लिन निमन्त्रणा दिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...