११ दिने चीन भ्रमण सकेर नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका प्रतिनिधि स्वदेश फिर्ता

काठमाडौं - नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा चीन भ्रमणमा सहभागी करिब ३० जना प्रतिनिधिहरूको ११ दिने अध्ययन तथा अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । चीनका विभिन्न अटोमोबाइल उद्योग, उत्पादन प्लान्ट तथा प्रविधिको प्रत्यक्ष अवलोकन गर्दै प्रतिनिधिमण्डल नेपाल फर्किएको हो ।

भ्रमणका क्रममा प्रतिनिधिहरूले चीनमा आयोजित अटो एक्स्पोको अवलोकन गर्नुका साथै विभिन्न अटोमोबाइल उद्योग तथा उत्पादन केन्द्रहरूको अध्ययन गरेका थिए । विशेषगरी एसआरएम तथा जोयलङ लगायतका अटोमोबाइल प्लान्टको भ्रमणबाट आधुनिक उत्पादन प्रविधि, उत्पादन प्रणाली, गुणस्तरीय व्यवस्थापन तथा अटोमोबाइल क्षेत्रमा विकसित भइरहेका नयाँ प्रविधिबारे प्रत्यक्ष जानकारी हासिल गर्ने अवसर प्राप्त भएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष गोपाल भट्टराईले भ्रमणलाई केवल विदेश भ्रमणका रूपमा नभई ज्ञान, सीप, प्रविधि, अनुभव तथा व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अध्ययन यात्राका रूपमा लिनुपर्ने बताएका छन् ।

उनका अनुसार चीनमा अवलोकन तथा अध्ययन गरिएका प्रविधि र व्यवसायिक अभ्यासलाई नेपाल फर्किएपछि आ-आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्न सके नेपाली अटोमोबाइल तथा अटो मेकानिक्स क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ ।

चीन भ्रमणले नेपाली अटो मेकानिक्स व्यवसायी तथा प्राविधिकहरूलाई पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको अटोमोबाइल प्रविधिबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गरेको सहभागीहरूको भनाइ छ ।

आधुनिक उत्पादन प्रणाली, प्रविधिको प्रयोग, गुणस्तर नियन्त्रण र व्यवसायिक व्यवस्थापनका अभ्यासलाई नेपालमा अनुकूल रूपमा प्रयोग गर्न सके अटोमोबाइल क्षेत्रको दक्षता र प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिने अपेक्षा गरिएको छ ।

महासंघले भ्रमणबाट प्राप्त ज्ञान र अनुभवलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी समग्र नेपाली अटोमोबाइल तथा अटो मेकानिक्स क्षेत्रको सीप अभिवृद्धि, प्रविधि विकास र व्यवसायिक रूपान्तरणमा प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

चीन भ्रमणले प्रविधि र उद्योगको अध्ययनसँगै नेपालका विभिन्न जिल्ला तथा क्षेत्रबाट सहभागी अटो व्यवसायी तथा प्राविधिकहरूबीचको सम्बन्धलाई समेत थप मजबुत बनाएको महासंघको भनाइ छ ।

भ्रमणका क्रममा भएको आपसी अन्तरक्रिया, अनुभव आदान-प्रदान र सहकार्यले व्यवसायीहरूबीचको एकता, आत्मीयता तथा भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

महासंघका अध्यक्ष भट्टराईले भ्रमण सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति आभार व्यक्त गर्दै सहभागी प्रतिनिधिहरूलाई बधाई तथा स्वागत गरेका छन् ।

चीन विश्वकै महत्वपूर्ण अटोमोबाइल उत्पादन केन्द्रका रूपमा अघि बढिरहेको अवस्थामा नेपाली अटो व्यवसायी तथा प्राविधिकहरूको यस्तो अध्ययन भ्रमणले दुई देशबीचको अटोमोबाइल क्षेत्रमा प्रविधि, सीप, व्यवसाय र ज्ञान आदान-प्रदानका थप अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ ।

महासंघले चीनबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालको अटोमोबाइल क्षेत्रमा उपयोग गर्दै नयाँ सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिएको छ ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराईले नेपाल-चीन मैत्री सम्बन्ध अझ प्रगाढ हुनुका साथै अटोमोबाइल क्षेत्रमा सहकार्य विस्तार र सीप, प्रविधि तथा ज्ञानमार्फत् नेपाली अटोमेकानिक्स क्षेत्रलाई अझ सशक्त बनाउनुपर्ने बताएका छन् ।

यस भ्रमणबाट प्राप्त अनुभवलाई व्यवहारमा रूपान्तरण गर्न सके नेपालको अटोमोबाइल तथा अटो मेकानिक्स क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति विकास र अन्तर्राष्ट्रियस्तरको व्यवसायिक अभ्यास भित्र्याउने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...