६ लाख छुटसहित नयाँ सुपरस्पोर्ट मोटरसाइकल लन्च, यस्तो छ विशेषता

नेपाली बजारमा नयाँ जेडएक्समोटो जेडएक्स८२०आरआर सुपरस्पोर्ट मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक भएको छ । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सम्मका लागि कम्पनीले यसको सुरुवाती मूल्य ३८ लाख रुपैयाँ निर्धारण गरेको छ । एक्सपो समाप्त भएपछि भने यस मोटरसाइकलको बजार मूल्य बढेर ४४ लाख रुपैयाँ पुग्ने बताइएको छ ।

८१८ सीसी क्षमताको थ्री–सिलिन्डर इन्जिन रहेको यो प्रिमियम सुपरस्पोर्ट मोटरसाइकलले उच्च कार्यक्षमता खोज्ने नेपाली राइडरहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

शक्तिशाली इन्जिन र तीव्र गति
जेडएक्समोटो जेडएक्स८२०आरआरमा ८१८.८ सीसी, थ्री–सिलिन्डर, डिओएचसी, १२ भाल्भ इन्जिन प्रयोग गरिएको छ, जसमा आयल र लिक्विड कुलिङ प्रविधि समावेश छ । १३ः१ कम्प्रेसन रेसियो र बोस इलेक्ट्रोनिक फ्युअल इन्जेक्सन रहेको यस इन्जिनले १२,००० आरपीएममा १३२ बीएचपी पावर र ९,५०० आरपीएममा ८० एनएम टर्क उत्पादन गर्छ । इलेक्ट्रोनिक थ्रोटल र वेट मल्टि–प्लेट स्लिपर क्लच दिइएको यस मोटरसाइकलले मात्र २.८१ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति पकड्न सक्छ ।

आधुनिक बनावट र तौल व्यवस्थापन
यस मोटरसाइकलको लम्बाइ २०५० एमएम, चौडाइ ७४५ एमएम र उचाइ ११६० एमएम रहेको छ भने यसको ह्विलबेस १४१९.५ एमएमदेखि १४२३ एमएमसम्म रहेको छ । ८२५ एमएम सिट उचाई र १८ लिटरको इन्धन ट्यांक रहेको यस मोटरसाइकलको कुल तौल १९३ केजी रहेको छ । बाइकको तौल नियन्त्रणमा राख्न र सन्तुलन कायम राख्न कम्पनीले कास्ट एल्युमिनियम फ्रेम, एल्युमिनियम स्विङआर्म, एक्जस्ट सिस्टम र म्याग्नेसियम–अलोय पार्टसहरूको प्रयोग गरेको छ ।

अत्याधुनिक सस्पेन्सन र ब्रेकिङ प्रविधि
सवारी नियन्त्रणलाई उत्कृष्ट र सहज बनाउन अगाडि प्रिलोड र ड्याम्पिङ एड्जस्ट गर्न सकिने सस्पेन्सन तथा पछाडि सेन्ट्रल मोनोशक दिइएको छ । यसमा एड्जस्टेबल रेक–एङ्गल र एन्टी–स्क्वाट एङ्गल सेटअप राखिएको छ । ब्रेकिङका लागि अगाडि ३२० एमएमको डुअल फ्लोटिङ डिस्क र पछाडि २२० एमएमको सिंगल डिस्क ब्रेक उपलब्ध गराइएको छ । यसमा १७ इन्चको एल्युमिनियम अलोय ह्विलसँगै सीएसटी एस७ टायर प्रयोग गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...