नाइमा एक्सपोमा प्रोटोन ई.मास५ मुख्य आकर्षण, बुकिङ गर्नेको संख्या बढ्दै
काठमाडौँ — प्रोटोनले हालै नेपाल ल्याएको नयाँ विद्युतीय कार ई.मास५...
काठमाडौँ — काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय व्यावसायिक ईभी भ्यानहरू प्रदर्शनमा राखेको छ । एक्स्पोको हल डी स्थित स्टल नम्बर १६ मा कम्पनीका ११, १२, १४ र १६ सिट क्षमताका स्मार्ट ईभी भ्यानहरू सर्वसाधारण तथा व्यवसायीहरूको अवलोकनका लागि राखिएका हुन् ।
विशेष गरी स्कुल, कलेज तथा व्यावसायिक प्रतिष्ठानहरूलाई लक्षित गरी तयार पारिएका यी सवारी साधनमा आधुनिक प्रविधि, शक्तिशाली ब्याट्री क्षमता, उच्च पिक पावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्स समाविष्ट गरिएको छ ।
चेरी वान्डाका ११ र १२ सिट क्षमताका मोडलमा ४१.८६ किलोवाट क्षमताको सीएटीएल ब्याट्री, ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटकको फुल चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध गराइएको छ । त्यसैगरी, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाटको ब्याट्री, ८० किलोवाट पिक पावर, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ३०० किमि रेन्ज रहेको छ ।
सार्वजनिक यातायातका लागि उपयुक्त १६ सिट क्षमताको मिनी बसमा भने ग्राहकले ५३.५८ र ७० किलोवाट क्षमताको ब्याट्री विकल्प पाउनेछन् । यसमा ८० तथा १२० किलोवाटको पिक पावर, २१० मिलिमिटरको फराकिलो ग्राउन्ड क्लियरेन्सका साथै मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको उत्कृष्ट रेन्ज प्राप्त हुने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीको आकर्षण तीव्र गतिमा बढिरहेको समयमा चेरी वान्डाले ग्राहकहरूका लागि आकर्षक वित्तीय सुविधा समेत ल्याएको छ ।
कम्पनीका अनुसार ग्राहकले अब बिना धितो हायर पर्चेज सुविधामार्फत सजिलै गाडी खरिद गर्न सक्नेछन् । यस सुविधाले व्यावसायिक सवारी साधन खरिद गर्न चाहने उद्यमी तथा व्यवसायीहरूलाई ठूलो आर्थिक राहत पुग्ने विश्वास कम्पनीले लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...