नाइमा एक्सपोमा प्रोटोन ई.मास५ मुख्य आकर्षण, बुकिङ गर्नेको संख्या बढ्दै

काठमाडौँ — प्रोटोनले हालै नेपाल ल्याएको नयाँ विद्युतीय कार ई.मास५ काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विशेष आकर्षणको केन्द्र बनेको छ । सार्वजनिक भएसँगै अत्यधिक मात्रामा बुकिङ भइरहेको यस गाडीले एक्स्पोमा ग्राहक तथा अटो पारखीहरूको ध्यान खिच्न सफल भएको हो ।

सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस ईभीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ । यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी सडकमा पनि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ ।

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको ई.मास५ मा सामान व्यवस्थापनका लागि ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज र २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज गरी तीनवटा स्मार्ट स्टोरेज सुविधाहरू उपलब्ध गराइएको छ ।

ई.मास५ मा रियर मल्टि–लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन, ३७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुलएचडी डिस्प्ले युनिट, ३६.९ मिटरको ब्रेकिङ दुरी, र जि–ट्रयाक्सन कन्ट्रोल सिस्टम जस्ता अत्याधुनिक सुरक्षा प्रणाली समावेश छन् । त्यसैगरी यसमा ४.९५ मिटरको टर्निङ रेडियस, ६५ डिग्रीको फराकिलो डोर ओपनिङ एंगल, र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल–टु–लोड (भिटुएल) प्रविधि समेत उपलब्ध छ । गाडीको प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११–इन–१ इलेक्ट्रिक मोटर, पावर्ड टेलगेट, र ३६०–डिग्री क्यामेरा जस्ता उत्कृष्ट सुविधाहरू राखिएका छन् ।

नेपाली बजारमा प्रोटोन ई.मास५ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध गराइएको छ । कम्पनीले यसको अद्यावधिक बजार मूल्य प्राइम भेरियन्टका लागि ३२ लाख ९९ हजार र प्रिमियम भेरिएन्टका लागि ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...