सुजुकी गाडीका लागि तीन दिने राष्ट्रव्यापी क्याम्प, विभिन्न जाँच र विशेष छुट उपलब्ध हुने

काठमाडौं - सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले आज देखि देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष ‘मनसुन फ्रि सर्भिस क्याम्प’ आयोजना गर्दैछ। सो क्याम्प शुक्रबार सम्म चल्ने छ ।

भारी मनसुनी वर्षाले सवारीसाधनमा चाप र जोखिम बढाउँदै गर्दा यो अभियानले समयमै मर्मतसम्भारमा जोड दिँदै वर्षायाममा ग्राहकको सुरक्षा र सुविधालाई प्राथमिकता दिने कम्पनीको भनाइ छ ।

तीन दिनसम्म सुजुकीका ग्राहकहरूले ब्रेक, टायर, वाइपर, इन्जिन र इलेक्ट्रिकल प्रणाली लगायत वर्षायाममा बढी जोखिममा पर्ने भागहरूको निःशुल्क जाँच, विशेषज्ञ मर्मत सल्लाह र पार्ट्स तथा सर्भिसमा विशेष छुटको सुविधा पाउनेछन्। कम्पनीले वर्षायाममा सवारीसाधन सुचारु राख्न सबै सुजुकी धनीहरूलाई यस अवसरको लाभ लिन आग्रह गरेको छ।

सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले भने, ‘नेपालमा मनसुन सवारीसाधनका लागि सबैभन्दा चुनौतीपूर्ण समय हो। यस अभियानमार्फत हाम्रो उद्देश्य ग्राहकलाई सर्भिस सुविधा प्रदान गर्नु मात्र नभई मर्मतसम्भार र वर्षायाममा सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्नु पनि हो ।’

क्याम्पमा सवारी साधनको पार्ट्स र लुब्रिकेन्ट्समा १० प्रतिशत र लेबरमा २० प्रतिशत तथा एसेसरिजमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । त्यसैगरी निःशुल्क जनरल जाँच, एसी र ब्याट्री जाँच, साथै ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीमा विशेष ध्यान दिइने छ भने कार केयर र वर्षायाम सावधानीबारे निःशुल्क तालिम प्रदान गरिने छ ।

यसका साथै, क्याम्पका क्रममा सुजुकीले तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहार प्रदान गर्नेछ।

यो क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुनेछ, जुन नेपालको सबैभन्दा ठूलो अटोमोटिभ सर्भिस सञ्जाल हो।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...