नेपालमै एसेम्बल गरी ल्याइयाे हुन्डाई भेन्यु एनलाइन, मूल्य कति ?
काठमाडौं–हुन्डाई भेन्युको स्पोर्टी मोडल भेन्यु एन लाइन नाइमा नेपाल...
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ प्रारम्भ भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा उक्त मेला भएको हो ।
एक्सपो आज देखि आगामी साउन ३१ सम्म चल्ने छ । नाइमा अध्यक्ष रीतुसिंह वैद्यले सबैलाई एक्सपोको दोस्रो संस्करणमा स्वागत गर्दै नेपालको मोबिलिटी क्षेत्रलाई अगाडि बढाउने उद्देश्यका साथ आयोजित एक्सपो सफल पार्न सबैको सहयोगको अपेक्षा गरिन् । गत वर्ष पहिलो पटक सुरुवात गर्दा २१ कम्पनी भएकोमा हाल ३६ सदस्य कम्पनी भएको बताउदै वैद्यले नाइमाले नीति निर्माणका लागि आवश्यक पहल मात्र नगरी सक्षमता विकास, आवश्यकता अनुसार प्राविधिक सहयोग र सडक सुरक्षा लगायतका कार्यमा समेत आवश्यक कार्य गरिरहेको बताइन् ।

‘मोबिलिटी फर अल’ भन्ने मान्यताका साथ ‘मोबिलिटी इज मोर देन भेइकल’ को क्षेत्रमा कार्य गरिरहेको उनले बताइन् । सवारी साधनलाई लक्जरी र राजस्वको स्रोत मात्र नमानी यसका लागि स्थिर नीति निर्माणका साथै सुरक्षित सडक, प्रभावकारी चार्जिङ पूर्वाधार, सिपयुक्त जनशक्तिको विकास लगायतका क्षेत्रमा सरकारसँग आवश्यक सहकार्य गर्ने कार्यमा नाइमा लागिरहेको उनले बताइन् । यसै सन्दर्भमा नाइमा एक्सपोको सन्दर्भमा समेत विभिन्न विषयमा छलफल कार्यक्रम समेत हुने उनले जानकारी दिइन् ।
यसकारण नाइमा नेपाल मोबिलिटी एक्सपो गाडी बिक्री गर्ने मात्र नभई मोबिलिटीको वारेमा छलफल र सबैलाई जानकारी उपलब्ध गराउने प्लेटफर्म समेत भएको उनले बताइन् । एक्सपो सबैका लागि उपलब्धिमूलक हुने अपेक्षा गर्दै उनले यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सवारी अनुशासन कायम गर्ने दायित्व बोकेको संगठनको हैसियतले मुलुकभर गुणस्तरीय सुरक्षित मापदण्डअनुसारका सवारी साधनको उपलब्धता निकै महत्त्वपूर्ण विषय भएको बताउदै सुरक्षाको विषय सबै क्षेत्रसँग जोडिने विषय भएको हुनाले अत्यन्त महत्त्वपूर्ण भएको बताए । सडकमा गुड्ने प्रत्येक सवारी साधन जति सुरक्षित हुन्छन्, त्यसमा सवार हुने नागरिक पनि त्यति नै आश्वस्त हुन सक्ने अवस्था रहने बताउदै उनले एक्सपोमा गरिने विभिन्न कार्यक्रमहरूले सवारी उद्योग, नियामक निकाय र सुरक्षा निकायबीच अन्तर्संवाद बढाउने अवसरहरू प्रदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज), नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायतले अटोमोबाइल क्षेत्रले सवारी साधन बिक्री मात्र नगरी यससँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई चलायमान बनाएको बताए । यो देशको आर्थिक इन्जिनको महत्वपूर्ण पक्ष भएको बताउदै यसबाट राज्यले प्रत्येक वर्ष अर्बौ राजस्व प्राप्त गरेको बताउदै यसलाई अगाडि बढाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए ।
गत वर्षको अटो एक्सपोको प्रिमियम अनुभवलाई अझ परिष्कृत गर्दै यसपटकको २०२६ संस्करणलाई थप व्यवस्थित, सहज र समावेशी बनाइएको आयोजक नाइमाले जनाएको छ ।
आगन्तुकमैत्री वातावरणमा केन्द्रित रहेको यस एक्सपोमा ५१ वटा स्टलहरू रहेका छन् भने ५५ भन्दा बढी चर्चित ब्रान्डहरूको सहभागिता रहेको छ । यस वर्षको विशेष आकर्षणका रूपमा ४० भन्दा बढी नयाँ सवारी साधनहरू लन्चिङ हुने तयारीमा छन् ।
एक्सपोमा विलासी गाडी मात्र नभई दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी साधन (कमर्सियल भेइकल), इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी समाधानका आधुनिक प्रविधिहरू प्रदर्शन हुने आयोजकले जनाएको छ । गत वर्षको तुलनामा यस वर्षको एक्सपो अझ भव्य र प्रविधिमैत्री बन्ने आयोजकले बताएको छ ।
यसपटकको एक्सपोमा चारपांग्रेतर्फ विश्वविख्यात ब्रान्डहरूको बाक्लो उपस्थिति छ । जसमा हुन्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेइको, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआईसी, आरफक्स, ग्रेटवाल मोटर्स, जिकर, लिपमोटर, वुलिङ लगायतका ब्रान्डहरूले आफ्ना पछिल्ला मोडलहरू प्रदर्शन गरेका छन् ।
चारपांग्रे तर्फ निसान टेक्टन, नयाँ टाटा पन्च ईभी, महिन्द्रा एक्सईभी–९एस, आरफक्स टी१, चेरी क्यू, लिपमोटर बी३एक्स, वुलिङ बिंगो लाइटर प्रो लगायतका गाडी आकर्षण बन्ने अनुमान गरिएको छ ।
नाइमा अटो एक्सपोमा दुईपांग्रेतर्फ बजाज, होन्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्युजो, बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफमोटो, ट्रायम्फ, जेएक्समोटो, सीएक्स मोटरसाइकल लगायत ब्रान्ड रहने नाइमाले जनाएको छ ।
बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्युजो, बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफमोटो, ट्रायम्फ र जेएक्समोटो, सीएक्स जस्ता ब्रान्डहरूले आफ्ना नयाँ र क्लासिक मोडलहरू प्रदर्शन गर्ने बताइएको छ ।
नाइमाले आगन्तुकहरूको सुविधाका लागि विभिन्न प्रबन्धहरू मिलाएको छ । प्रदर्शनी स्थलमा भीडभाड व्यवस्थापनका लागि डिजिटल टिकेटिङ र पर्याप्त सूचना केन्द्रहरू राखिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...