किया सोरेन्टो भारतमा लन्च हुँदै, प्रि बुकिङ सुरु

कियाले भारतीय बजारमा नयाँ प्रिमियम एसयूभी किया सोरेन्टो लन्च गर्ने तयारी गरिरहेको छ। किया सोरेन्टो सेप्टेम्बर ४ मा लन्च हुने अपेक्षा गरिएको छ। कम्पनीले सो एसयूभीका लागि प्रि–बुकिङसमेत सुरु गरिसकेको छ।

किया सोरेन्टोमा १८ इन्चका अलोय ह्विल, २४ इन्चको ठुलो इन्फोटेनमेन्ट सिस्टम तथा इन्स्ट्रयुमेन्ट क्लस्टर, हेड–अप डिस्प्ले, वायरलेस चार्जिङ, प्यानोरामिक सनरुफ र लेभल–२ एडास जस्ता फिचर उपलब्ध गराउने अपेक्षा गरिएको छ । साथै यसमा आइस–क्यूब शैलीको एलईडी डे–टाइम रनिङ लाइट, एलईडी फग ल्याम्प र एलईडी टेललाइट पनि हुनेछ । सोरेन्टोलाई ६ सिटर र ७ सिटर गरी दुई फरक सिटिङ कन्फिगरेसनमा उपलब्ध गराउन सकिनेछ।

रिपोर्टका अनुसार कम्पनीले यसमा १.६ लिटर क्षमताको हाइब्रिड इन्जिन उपलब्ध गराउन सक्नेछ । साथै पेट्रोल, टर्बो–पेट्रोल र डिजेल इन्जिन विकल्प पनि उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। यद्यपि भारतीय बजारमा कुन–कुन इन्जिन विकल्प उपलब्ध गराइने भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

कम्पनीले किया सोरेन्टोको मूल्य यसको लन्चिङ समयमा मात्र घोषणा गर्नेछ। यद्यपि प्रारम्भिक रिपोर्टका अनुसार यसको एक्स–शोरुम मूल्य करिब ४० लाख भारुको आसपास हुन सक्ने अनुमान गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...