चेरी क्यू र हाइब्रिड एसयूभी ‘आइकार भी–२७’ सार्वजनिक, यस्तो छ मूल्य र रेन्ज
काठमाडौं–काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपोमा एसपीजी...
काठमाडौं–हुन्डाई भेन्युको स्पोर्टी मोडल भेन्यु एन लाइन नाइमा नेपाल मोबिलिटी एक्सपोमा लन्च गरिएको छ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यो पर्फर्मेन्स–प्रेरित कम्प्याक्ट एसयूभीलाई नेपालमै एसेम्बल गरी लन्च गरेको हो ।
यस एसयूभीको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । साथै, कम्पनीले भेन्युको स्ट्यान्डर्ड भेरएन्टको नयाँ भर्सन समेत नेपालमै एसेम्बल गरी लन्च गरेको छ । जसअनुसार, नयाँ भेन्यु स्ट्यान्डर्डको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
नयाँ भेन्युको बाहिरी डिजाइनलाई बोल्ड र आधुनिक बनाइएको छ, जसमा आयताकार डार्क–क्रोम ग्रिल, भर्टिकल्ली स्ट्याक्ड क्वाड–बिम एलइडी हेडल्याम्प, सिक्वेन्सियल इन्डिकेटर सहितको कनेक्टेड एलइडी लाइट बार, डायमण्ड–कट अलोय ह्विल र नयाँ डिजाइनको कनेक्टेड टेल ल्याम्प राखिएका छन् ।
गाडीको भित्री भागमा इन्फोटेनमेन्ट र इन्स्ट्रयुमेन्टका लागि दोहोरो १२.३ इन्चको डिस्प्ले, नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल र एम्बियन्ट लाइटिङ सहितको टु–टोन इन्टेरियर दिइएको छ । भेन्यु एन लाइनमा भने रातो हाइलाइट र एन लाइन–विशेष टचसहितको अल–ब्ल्याक क्याबिन उपलब्ध छ ।
यस गाडीमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड ओटो, भ्वाइस–अपरेटेड इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस चार्जिङ, ८–स्पिकर बोस अडियो सिस्टम, अटोमेटिक हेडल्याम्प र ओभर–द–एयर (ओटीए) अपडेट जस्ता सुविधाहरू छन् ।
सुरक्षाका लागि लेभल २ एडभान्स ड्राइभर असिस्टन्स सिस्टम (एडास) अन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, फर्वाड कोलिजन एभोइडेन्स र लेन किपिङ असिस्ट राखिएका छन् । यसबाहेक ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एबीएस, अटो–होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ३६०–डिग्री क्यामेरा र पार्किङ सेन्सर समेत उपलब्ध छन् ।
कम्पनीले स्ट्यान्डर्ड भेन्युमा १.२ लिटरको न्याचुरली एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध गराएको छ, जसले ८३ एचपी पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ । भेन्यु एन लाइनमा भने १.० लिटरको टर्बो–पेट्रोल इन्जिन रहेको छ, जसले १२० एचपी पावर र १७२ एनएम टर्क दिन्छ । यो मोडल ६–स्पिड म्यानुअल र ७–स्पिड डुअल–क्लच अटोमेटिक ट्रान्समिसनसहित उपलब्ध छ ।
स्ट्यान्डर्ड भेन्युको तुलनामा एन लाइनमा विशेष ग्रिल, रातो एक्सेन्ट, नयाँ अलोय ह्विल, स्पोर्टी बम्पर र डुअल–रिज रुफ स्पोइलर राखिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...