प्राकृतिक विपद् प्रभावित सवारीसाधन दर्ताको म्याद थप्न नाइमाको आग्रह
काठमाडौं–प्राकृतिक विपद्का कारण समयमै सवारीसाधन दर्ता गर्न नसकेका...
काठमाडौं–लक्ष्मी ई–मोबिलिटीले नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२६ मा बीएआईसी बीजे३० हाइब्रिड एसयूभी लन्च गरेको छ । अफराेड डिजाइन र आधुनिक प्रविधिको आकर्षक संगमका रूपमा प्रस्तुत गरिएको यस एसयूभीको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बीजे३० एसयूभीमा बीएआईसीको म्याजिक कोर डीएचईभी हाइब्रिड पेलोड प्रविधि प्रयोग गरिएको छ, जसले १.५ लिटरको टर्बोचाज्र्ड पेट्रोल इन्जिन र दुईवटा इलेक्ट्रिक मोटरको संयुक्त शक्ति प्रदान गर्दछ ।
यसको अल–ह्विल–ड्राइभ भेरिएन्टले ४०९ हर्सपावर र ६८५ एनएम टर्क उत्पन्न गर्छ, जसले उत्कृष्ट गति र क्षमता प्रदर्शन गर्छ । ४,७३० मिमी लम्बाइ र २,८२० मिमी ह्विलबेस रहेको यो ५ सिटर एसयूभीमा २१५ मिमीको ग्राउन्ड क्लियरेन्स र विभिन्न भू–भाग अनुकूल ड्राइभिङ मोडहरू उपलब्ध छन् ।
गाडीको भित्री भागमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ । यसका साथै क्याम्पिङ तथा आउटडोर गतिविधि सहज बनाउन पछाडिका सिटहरू मोडेर विशाल भण्डारण क्षमता बनाउन सकिने सुविधा र भेइकल–टु–लोड पावर सप्लाई समेत उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...