नाइमा मोबिलिटी एक्सपोमा निसान टेकटन लन्च, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–निसानको प्रिमियम एसयूभी टेकटन नेपाली बजारमा लन्च भएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले मंगलबार नाइमा नेपाल मोबिलिटी एक्सपोमा टेकटन लन्च गरेको हो । कम्पनीले यसको सुरुवाती मूल्य ५१ लाख २९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

आकर्षक डिजाइन, प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट कार्यसम्पादनको संयोजन रहेको यो एसयूभीले नेपाली ग्राहकलाई निसानको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । निसान टेकटन आकर्षक बडी लाइन, मस्कुलर डिजाइन र प्रभावशाली रोड प्रेजेन्सका कारण चर्चामा छ । यसको अगाडिको भागमा कनेक्टेड एलईडी डीआरएलसहितको एलईडी हेडल्याम्प र टेकटन ब्राण्डिङ सहितको मस्कुलर बोनेट रहेको छ । रियरमा पनि फ्रन्टमा जस्तै कनेक्टेड एलईडी टेललाइट सेटअप र टेलगेटमा टेकटनको ब्याजिङ दिइएको छ। टेकटनको समग्र डिजाइन निसानको फ्ल्यागशिप एसयूभी पेट्रोलबाट प्रभावित देखिन्छ ।

यसको इन्टेरियर आधुनिक फिचरले भरिपूर्ण रहेको छ । गाडीमा तीन कलर टोनको ड्यासबोर्ड, डिजिटल ड्राइभर डिस्प्ले, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट तथा प्यानोरामिक सनरुफ लगायतका फिचर उपलब्ध छन् । निसानले टेकटनमा स्मार्टफोन एपमार्फत ५५ भन्दा बढी कनेक्टेड कार फिचर उपलब्ध गराएको छ । जसअन्तर्गत रिमोट इन्जिन स्टार्ट, एसी अन गर्ने सुविधा, रिमोट लकर अनलक, रिमोट लाइट तथा हर्न कन्ट्रोल, भेहिकल स्टाटस र फाइन्ड माइ कार जस्ता सुविधाहरू समावेश छन् ।

निसान टेकटन १.० लिटर र १.३ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुनेछ । सानो १.० लिटर इन्जिनले १०० पीएस पावर र १६६ एनएम टर्क उत्पादन गर्छ । यसमा ६–स्पीड म्यानुअल गियरबक्स दिइएको छ र यसको माइलेज १९.४ किलोमिटर प्रतिलिटर रहेको कम्पनीले जनाएको छ । अर्को १.३ लिटर टर्बो इन्जिनले १६३ पीएस पावर र २८० एनएम टर्क उत्पादन गर्छ । यो इन्जिन ६–स्पीड म्यानुअल र ६–स्पीड वेट डुअल क्लच अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ । अटोमेटिक भेरिएन्टमा प्याडल सिफ्टर र स्टेयरिङ मोड चयन गर्ने सुविधा पनि समावेश छ ।

सुरक्षालाई प्राथमिकता दिँदै टेकटनका सबै भेरिएन्टमा ६ वटा एयरब्याग स्ट्यान्डर्ड रूपमा उपलब्ध गराइएको छ । यसका अतिरिक्त एडास लेभल टुमा पाइने आधुनिक सुरक्षा फिचरहरू पनि समावेश छन् । ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, फ्रन्ट डिस्क ब्रेक, रोलओभर सेन्सर, हाइ टेन्साइल स्टिल सेफ्टी केज, साइड इम्प्याक्ट प्रोटेक्सन बीम र पैदलयात्री सुरक्षा प्रणाली जस्ता फिचरहरू गाडीमा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...