नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाई : नेपालमै बनेको नयाँ भेन्यूको बिक्री सुरू गर्दै

काठमाडौं– हुन्डाई मोटर्सको चर्चित सव–फोर मिटर एसयूभी भेन्यूको नयाँ जेनेरेशन हाल नेपालस्थित एसेम्बलिङ प्लान्टमा तयार भइरहेको छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भेन्यूको सो नयाँ जेनेरेशनलाई आगमी नाइमा मोबिलिटी एक्सपोमार्फत बिक्री गर्ने तयारी गरेको छ ।

पहिलेको तुलनामा व्यापक परिमार्जनसहित आउन लागेको यो कम्प्याक्ट एसयूभीमा पहिलो पटक लेभल–२ एडास प्रविधि समावेश गरिएको छ । नयाँ भेन्यूको बाहिरी र भित्री बनावटमा पनि धेरै परिवर्तन गरिएको छ, जसमा अगाडि र पछाडिको भागमा नयाँ एलइडी लाइटिङ, नयाँ डिजाइनको १६ इन्च ह्विल, थ्री–स्पोक स्टेरिङ ह्विल र परिमार्जित सेन्टर कन्सोल रहेका छन् ।

क्याबिनभित्र १२.३ इन्चका दुई ठूला स्क्रिन, टप भेरियन्टमा ८–स्पीकरयुक्त बोस साउन्ड सिस्टम, भेन्टिलेटेड सिट र एम्बियन्ट लाइट लगायत सुबिधाहरु दिइएको छ ।

सवारी चालकको सहजताका लागि नयाँ भेन्यूमा ३६० डिग्री क्यामेरा, अटो होल्डसहितको इलेक्ट्रीक पार्किङ ब्रेक, फ्रन्ट पार्किङ सेन्सर, ड्राइभ तथा ट्रयाक्सन मोड र विन्डो सनसेड जस्ता आधुनिक फिचरहरू थपिएका छन् ।

गाडीको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन । ग्राहकले साविककै ५ स्पीड म्यानुअल गियर बक्सयुक्त १.२ लिटर कप्पा पेट्रोल, ७ स्पीड ड्युअल–क्लच गियर बक्सयुक्त १.० लिटर टर्बो पेट्रोल, र ६ स्पीड म्यानुअल तथा अटोमेटिक विकल्पसहितको १.५ लिटर डिजेल इन्जिनमा नयाँ भेन्यू रोज्न सक्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...