ईभी दुर्घटना बढेपछि छुट्टै ट्रायल परीक्षा लिने ट्राफिक प्रहरीको प्रस्ताव

काठमाडौं–विद्युतीय सवारी साधनको संख्या वृद्धि भएसँगै दुर्घटनाको दर पनि बढ्न थालेपछि ट्राफिक प्रहरीले चालकलाई थप जिम्मेवार बनाउने गरी नयाँ कदम चाल्ने तयारी गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले ईभी चलाउनका लागि अनिवार्य रूपमा छुट्टै ट्रायल परीक्षा दिएर मात्र सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रस्ताव गरेको हो । सवारी चालक अनुमति पत्रमा विद्युतीय सवारीका लागि छुट्टै वर्ग थप्ने विषयमा यातायात व्यवस्था विभागसँग आवश्यक परामर्श भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

इन्धनबाट चल्ने सवारी र विद्युतीय सवारीको सञ्चालन प्रविधि फरक हुने भएकाले चालकहरू ईभीसँग पूर्ण रूपमा अभ्यस्त नहुँदा दुर्घटना बढेको प्रहरीको ठहर छ । दुर्घटना न्यूनीकरणका विषयमा ट्राफिक प्रहरीले नाडा र नाइमा जस्ता अटोमोबाइल क्षेत्रका छाता संगठनका प्रतिनिधि तथा विभिन्न ब्रान्डका प्राविधिकहरूसँग छलफल अघि बढाएको छ ।

छलफलका क्रममा गाडी बेच्नुअघि नै ग्राहकलाई त्यसको यान्त्रिक प्रणाली र सञ्चालनबारे अनिवार्य ज्ञान दिन आयातकर्ताहरूलाई आग्रह गरिएको छ । काठमाडौँ उपत्यकामा मात्रै हालसम्म ४२ हजारभन्दा बढी चारपांग्रे ईभी बिक्री भइसकेको अवस्थामा तीव्र गतिका कारण हुने दुर्घटना रोक्न गाडीमै तोकिएको गतिभन्दा माथि जान नदिने ‘स्पिड गभर्नर’ जडान गर्ने विकल्पबारे पनि गृहकार्य भइरहेको प्रहरी स्रोतको भनाई छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...