नेपालमा ६३ हजार भन्दा बढी विद्युतीय सवारी प्रयोगकर्ता, विश्वमा नर्वे पछि दोस्रो स्थान
काठमाडौं – पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ्दो छ।...
काठमाडौं – एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले नेपाली बजारमा उपलब्ध एथर रिज्टा एस स्कुटरको मूल्यमा २० हजार रुपैयाँले वृद्धि गरेको छ ।
गत २०८२ चैतको दोस्रो सातामा औपचारिक रुपमा लन्च गरेको सो स्कुटरको मूल्य सो समयमा २ लाख ९४ हजार हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । तर लन्चको अवसरमा वैद्य इनर्जीले पहिलो १५० ग्राहकका लागि २० हजार रुपैयाँ छुट समेत उपलब्ध गराएको थियो । यस अनुसार यसको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ थियो । तर अब भने यसको मूल्य २० हजार रुपैयाँले वृद्धि भएसँगै ३ लाख १४ हजार ९ सय रुपैयाँ पुगेको छ ।
यो भन्दा पहिले नेपाली बजारमा उपलब्ध एथर रिज्टा जेडमा केही सुधार गरेर अझै कम मूल्यमा रिज्टा एस उपलब्ध गराइएको हो । रिज्टा एसमा २.७ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा १२३ किलोमिटरको आईडीसी रेन्ज दिन्छ । यसले ४.३ किलोवाटको पिक पावर उत्पादन गर्छ, अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा सम्म छ र ० देखि ४० किलोमिटर प्रतिघण्टा ४.७ सेकेन्डमा पुर्याउछ र २२ एनएम टर्क जेनेरेट गर्छ ।
वास्तविक जीवनको प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको रिज्टा एसमा फराकिलो सिट, प्रशस्त बुट स्पेस र ठूलो स्टोरेज रहेको छ, जसले यसलाई नेपाली यात्रुहरुका लागि सहरका सडकदेखि ग्रामीण सडक सम्मका दैनिक यात्रामा उपयुक्त बनाउछ ।
यो स्कुटरमा सुरक्षाका लागि अटो होल्ड, फल सेफ र इमर्जेन्सी स्टप सिग्नल जस्ता सुविधाहरु समावेश गरिएको छ, जसले नेपालका विविध भौगोलिक अवस्थाहरु र व्यस्त ट्राफिकमा सवारी चलाउदा आत्मविश्वास बढाउछ ।
एथरका विभिन्न राइडिङ अवस्थाहरुमा दशक भन्दा बढी समय परीक्षण गरिएका आफ्नै डिजाइनयुक्त ब्याट्री प्याकहरुमा ३ वर्ष वा ३० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुन्छ र यसलाई ५ वर्ष वा ६० हजार किलोमिटर सम्म विस्तार गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...