नेपाल आयो नयाँ जेनेरेसन स्कोडा कोडियाक, सुरुवाती मूल्य २ करोड २० लाख
काठमाडौं–स्कोडाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू एक्स्पान्ज...
स्कोडाले आफ्नो लोकप्रिय सेडान स्लाभियाको फेसलिफ्ट संस्करण भारतीय बजारमा लन्च गर्ने घोषणा गरेको छ। नयाँ स्लाभिया फेसलिफ्टमा एक्सटेरियर र इन्टेरियरमा केही मेकानिकल परिवर्तन गरेको छ ।
नयाँ स्लाभिया फेसलिफ्टको सबैभन्दा ठुलो परिवर्तन यसको ट्रान्समिसन सिस्टममा हुनेछ। यसमा १.० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिनले पुरानो मोडलकै जस्तै ११५ हर्सपावर उत्पादन गर्नेछ, तर यसमा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सलाई हटाएर नयाँ ८ स्पिड अटोमेटिक गियरबक्स जडान गरिनेछ। त्यस्तै, १.५ लिटर टीएसआई इन्जिनले १५० हर्सपावर उत्पादन गर्नेछ र यसलाई ७ स्पिड ड्युअल क्लच ट्रान्समिसनसँग जोडिनेछ ।
यसको एक्सटेरियरमा नयाँ शैलीका एलईडी हेडल्याम्प, नयाँ डिजाइनका टेल ल्याम्प, इन्टिग्रेटेड लाइटिङसहितको फ्रन्ट ग्रिल, नयाँ रियर र फ्रन्ट बम्पर र नयाँ डिजाइनका अलोय ह्विल उपलब्ध हुने अपेक्षा गरिएको छ।
यसको इन्टेरियरको डिजाइन भने पुरानो मोडलकै जस्तो हुनेछ । यसमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध हुनेछ । साथै क्याबिनलाई नयाँ लुक दिनका लागि यसमा नयाँ सिट अपहोल्स्ट्री हुनेछ । फेसलिफ्ट मोडलमा पहिलो पटक पार्किङ सेन्सर उपलब्ध हुनेछ । फेसलिफ्ट मोडलमा हाल उपलब्ध धेरै प्रिमियम फिचर भने यथावत् रहनेछ । यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस कनेक्टिभिटी, सिंगल प्यान सनरुफ, ८ स्पिकर साउन्ड सिस्टम र ६ वटा एयरब्याग उपलब्ध हुनेछ ।
हालको स्कोडा स्लाभियाको मूल्य १८ लाख १९ हजार भारु रहेको छ । तर फेसलिफ्ट मोडलको मूल्य केही महँगो हुनेछ । यसको मूल्य लन्च समयमै घोषणा गरिनेछ । सो एसयूभी लन्चिङ पछि फक्सवागन भर्टुस, हुन्डाई भर्ना र होन्डा सिटिसँग प्रतिस्पर्धा हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...