बीवाईडीको पहिलो इलेक्ट्रिक ‘के–कार’ जापानमा सार्बजनिक, रेन्ज ३२० किलोमिटर

काठमाडौं–चिनियाँ अटोनिर्माता कम्पनी बीवाईडीले आफ्नो पहिलो इलेक्ट्रिक ‘के–कार’ राको सार्वजनिक गरेको छ ।

जापनजिन बजारलाई लक्षित गरी ल्याइएको यस कारको सुरुवाती मूल्य १३ हजार १०० अमेरिकी डलर (करिब २१ लाख ४५ हजार येन) निर्धारण गरिएको छ । नयाँ कारको आगमनले जापानको माइक्रो–कार श्रेणीमा नयाँ तरंग ल्याएको छ ।

जापानको ‘के–कार’ नियम अनुसार विशेष रूपमा डिजाइन गरिएको यस गाडीले डब्लूएलटीसी मापदण्डअनुसार ३२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने दाबी गरिएको छ । राको परीक्षण चक्रमा ३०० किमिको सीमा पार गर्ने जापानको पहिलो ब्याट्री–इलेक्ट्रिक ‘के–कार’ बनेको छ ।

बीवाईडीको सो नयाँ कारलाई २२.४ र ३५.८४ किलोवाट आवरको ब्याट्री विकल्पमा उतारेको हो । यस कारले १०० किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने बताइएको छ ।

बीावईडी राकोमा १०.१ इन्च टचस्क्रिन, भेइकल–टु–लोड(भी२एल) प्रविधि, खुट्टाको इशाराबाट खुल्ने पावर स्लाइडिङ डोर, ६ वटा एयरब्याग र १ हजार ३७२ लिटरसम्मको विशाल कार्गो स्पेस उपलब्ध गराइएको छ ।

राकोको प्रवेशले जापानी अटो जायनट निसान, होन्डा र सुजुकीको वर्चस्वलाई कडा चुनौती दिँदै विद्युतीय सवारीको प्रतिस्पर्धालाई थप रोचक बनाउने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...