बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भ, ई.मास ५ सार्वजनिक
बीरगञ्ज–प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स...
नेपाल आउने तयारीमा रहेको दिपल निभो क्यु०५ ले प्रतिष्ठित गोल्डेन ए डिजाइन अवार्ड प्राप्त गरेको छ । आधुनिक डिजाइन, नविनता र प्रयोगकर्ता केन्द्रित अवधारणका लागि यो प्रिमियम कारले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो ।
‘गोल्डेन ए’ डिजाइन अवार्ड असाधारण सिर्जनशिलता, प्राविधिक उत्कृष्टता र प्रभावकारी डिजाइन प्रस्तुत गर्ने उत्पादनलाई प्रदान गर्ने गरिन्छ । परम्परागत सोचलाई चुनौती दिने, सम्बन्धित विधालाई नयाँ दिशा दिने र डिजाइन तथा प्रविधिमार्फत उल्लेखनीय मूल्य सिर्जना गर्ने क्षमताका आधारमा गोल्डेन विजेताहरु छनोट गरिन्छ । यस उपलब्धिले निभो क्यु०५ लाई डिजाइन उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्ने विश्वव्यापी रुपमा प्रशंसित उत्पादनहरुको सूचीमा उभ्याएको छ ।
चांगान ग्लोबल डिजाइन सेन्टरले विकास गरेको क्यु०५ ले चांगान अटोमोबाइलको स्मार्ट तथा न्यून कार्बन मोबिलिटी प्रविधि कम्पनीमा रुपान्तरण हुने दीर्घकालीन यात्रालाई प्रतिबिम्बित गर्छ । सन् १९९६ मा स्थापित यस डिजाइन सेन्टरले अग्रगामी अनुसन्धान, उत्पादन डिजाइन, डिजिटल मोडलिङ, प्रयोगकर्ता अनुभव, रंग तथा सामग्री छनोट, इन्जिनियरिङ र गुणस्तर व्यवस्थापनजस्ता क्षेत्रमा विशेषज्ञता समेटेको छ ।
निभो चांगानको भावी रणनीतिको प्रमुख आधार हो । यसलाई आम परिवारका लागि ‘स्मार्ट मोबिलिटी कम्प्यानियन’का रुपमा स्थापित गरिएको छ । पर्याप्त स्पेस, व्यावहारिक उपयोगिता, स्मार्ट प्रविधि, आराम, भरपर्दो रेन्ज र सहज चार्जिङलाई उत्कृष्ट मूल्यसँग जोडिएका नयाँ पुस्ताका सवारीसाधन उपलब्ध गराउनु ब्रान्डको उद्देश्य हो ।
यो अवार्डले आधुनिक जीवनशैली अनुकूल नयाँ पुस्ताको एसयूभीका रुपमा क्यु०५ को स्थान थप बलियो बनाएको छ । यसको डिजाइनले प्रभावशाली तथा आधुनिक रोड प्रेजेन्सलाई परिवारको दैनिक आवश्यकतासँग सन्तुलित बनाएको कम्पनीको भनाइ छ ।
१६३ वर्षको औद्योगिक इतिहास र ४१ वर्षको कार उत्पादनको अनुभव बोकेको चांगानले विश्वस्तरीय अटोमोबाइल ब्रान्ड बन्ने यात्रालाई तीव्रता दिइरहेको छ । दिपल निभो क्यु०५ आगामी भदौ महिनामा आयोजना हुने नाडा अटो शो २०२६ मा नेपालमा सार्वजनिक हुँदैछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...