नेपालमा हाइड्रोजन गाडी कुदाउने तयारी, मन्त्रालयले माग्यो प्राविधिक र कानुनी सुझाव

काठमाडौँ — सरकारले हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उद्देश्यका साथ सरोकारवालाहरूबाट सुझाव माग गरेको छ ।

पूर्वाधार विकास मन्त्रालयले कानुनी तथा प्राविधिक आधार तयार पार्न अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड र दिशानिर्देशनसम्बन्धी सुझाव आह्वान गरेको हो ।

विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूले आगामी साउन २० गतेभित्र आफ्ना अनुभव, अध्ययन र व्यावहारिक अभ्यासका आधारमा लिखित सुझाव दिन सक्नेछन् । मन्त्रालयले खासगरी उत्पादन, भण्डारण, ढुवानी, वितरण, रिफ्युअलिङ पूर्वाधार, हालका सवारीसाधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना तथा प्राविधिक जनशक्ति र आपत्कालीन सेवाको क्षमता अभिवृद्धिसम्बन्धी सुझाव पेस गर्न अनुरोध गरेको छ । प्राप्त सुझावहरूको अध्ययन र विश्लेषणपश्चात् नीति, कानुनी व्यवस्था, मापदण्ड तथा कार्यविधि तर्जुमा प्रक्रियामा उपयोग गरिनेछ ।

नेपालमा यसअघि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०८० सालमा नै ग्रीन हाइड्रोजन नीति तयार पारिसकेको छ भने विसं २०७७ देखि काठमाडौँ विश्वविद्यालयले यसको सम्भावनाबारे अध्ययन गर्दै आएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा पनि हाइड्रोजन ऊर्जाको व्यावसायिक उपयोग र ग्रीन हाइड्रोजन तथा एमोनिया प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्ने विषय समावेश गरिएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...