एमजीले सार्वजनिक गर्‍यो नयाँ एडीएपीटी प्लेटफर्म, एउटै प्रविधिमा इलेक्ट्रिकदेखि स्ट्रङ हाइब्रिडसम्म

जेएसडब्ल्यू एमजी मोटर इन्डियाले नयाँ सवारीसाधनका लागि एड्भान्स ड्राइभ आर्किटेक्चर प्लेटफर्म टेक्नोलोजी (एडीएपीटी)  सार्वजनिक गरेको छ। सो नयाँ प्लेटफर्ममा इलेक्ट्रिक, प्लग–इन हाइब्रिड, रेन्ज–एक्सटेन्डर र स्ट्रङ हाइब्रिड गरी ४ प्रकारका पावरट्रेनमा आधारित सवारी उत्पादन गरिनेछ।

कम्पनीले सो प्लेटफर्ममा आधारित कुनै पनि पेट्रोल वा डिजेल सवारी उत्पादन नगर्ने घोषणा पारेको छ। यसको उद्देश्य इको फ्रेन्डली प्रविधिलाई प्राथमिकता दिँदै भविष्यका कम उत्सर्जन भएका सवारीसाधन विकास गर्नु रहेको कम्पनीको भनाइ छ।

एडीएपीटी प्लेटफर्ममा आधारित हाइब्रिड सवारीका लागि एमजीले नयाँ नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन विकास गरिनेछ । यसमा उत्पादन गरिने इन्जिनले ४३ प्रतिशतसम्म थर्मल एफिसिएन्सी हासिल गर्नेछ । सामान्यतया पेट्रोल इन्जिनको थर्मल एफिसिएन्सी २० देखि ३५ प्रतिशतसम्म हुने गर्छ। यसले इन्धनको खपत कम गर्नुका साथै ऊर्जा उपयोगको दक्षता पनि उल्लेखनीय रूपमा बढाउने कम्पनीको दाबी छ। यो इन्जिनलाई डाइरेक्ट हाइब्रिड ट्रान्समिसनसँग जोडिने जानकारी दिइएको छ। यद्यपि इन्जिनको क्षमता, सिलिन्डर संख्या र पावर आउटपुटबारे कम्पनीले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।

एडीएपीटी प्लेटफर्ममा आधारित सवारीसाधनले ४ फरक ड्राइभिङ मोडमा सञ्चालन गर्न सक्ने क्षमता राख्नेछ । प्यारेलल मोडमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवैले संयुक्त रूपमा पाङ्ग्रामा पावर प्रदान गर्छ । सिरिज मोडमा पेट्रोल इन्जिनले केवल जेनेरेटरको भूमिका निर्वाह गर्दै ब्याट्री चार्ज गर्छ भने सवारी पूर्ण रूपमा इलेक्ट्रिक मोटरले चलाउँछ। इन्जिन डाइरेक्ट मोडमा भने इलेक्ट्रिक मोटर निष्क्रिय भई पेट्रोल इन्जिनले मात्रै सवारी सञ्चालन गर्छ। त्यस्तै, प्योर इलेक्ट्रिक मोडमा पेट्रोल इन्जिन पूर्ण रूपमा बन्द रहने र ब्याट्री र इलेक्ट्रिक मोटरले मात्रै सवारी सञ्चालन गर्ने भएकाले शून्य उत्सर्जनसहित अत्यन्त शान्त ड्राइभिङ अनुभव प्राप्त हुने कम्पनीले जनाएको छ।

एमजीले यस प्लेटफर्मसँगै विश्वकै पहिलो इलेक्ट्रोम्याग्नेटिक ई–क्लचयुक्त डाइरेक्ट हाइब्रिड ट्रान्समिसन पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार सो प्रविधिले परम्परागत क्लच सिस्टमको तुलनामा चार गुणासम्म छिटो प्रतिक्रिया दिन्छ। सामान्य हाइब्रिड सवारीमा प्रयोग हुने ई–सीभीटी गियरबक्सभन्दा यो प्रविधि बढी उन्नत र जटिल रहेको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...