ई.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ शोरुम तथा सर्भिस सेन्टर विस्तार
काठमाडौँ–प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स...
काठमाडौँ–रसुवाको टिमुरे भन्सारमा विगत एक वर्षदेखि बाढीले क्षतिग्रस्त बनाएका ११ वटा विद्युतीय सवारी साधन (ईभी) अलपत्र परेका छन् ।
२०८२ असार २४ मा ल्हेन्दे खोलामा आएको भीषण बाढीमा पुरिएका ८ करोड ८६ लाख ९० हजार मूल्य बराबरका यी गाडीहरूको भन्सार महसुल नतिरिएपछि बेवारिसे बनेका हुन् ।
क्षतिग्रस्त गाडीहरू बिक्री नहुने अवस्थामा पुगेपछि आयातकर्ताले यसतर्फ चासो देखाएका छैनन् । रसुवा भन्सार कार्यालयका अनुसार अलपत्र परेका सवारीमा ८ करोड ५० लाख रुपैयाँ बराबरका १० वटा एक्सपेङ जी६ र ३७ लाख मूल्य पर्ने अर्को एउटा भ्यान रहेका छन् । यी गाडीलाई सीजी मोटर्सले नेपाल ल्याएको हो ।
आयातकर्ताले यी गाडी छुटाउन बजार मूल्यको करिब ४० प्रतिशत (करिब ३ करोड ३९ लाख रुपैयाँ) भन्सार महसुल बुझाउनुपर्ने हुन्छ । भन्सार कार्यालयका अनुसार बीमा दाबी गर्नका लागि बाढीलगत्तै गाडीहरूलाई जस्ताको तस्तै राखिएको थियो । ्
आयातकर्ताले सरकारलाई प्राकृतिक प्रकोपका कारण क्षति भएको भनी औपचारिक पत्र नलेखेको र लिलामीको अधिकार नदिएकाले भन्सार प्रशासनले पनि व्यवस्थापन गर्न सकेको छैन । नियमअनुसार आयातकर्ताको पत्रपछि मात्रै मेकानिकल इन्जिनियरबाट मूल्यांकन गराई लिलामी प्रक्रिया अघि बढाउन सकिने भन्सार कार्यालयले जनाएको छ ।
उक्त बाढीले टिमुरे क्षेत्रमा कुल ७० करोड ५१ लाख ६९ हजार बराबरको सवारी तथा मालसामानमा क्षति पु¥याएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...