बेबी डिफेन्डर इलेक्ट्रिक र हाइब्रिड पावरट्रेनमा समेत आउने

जगुआर ल्याण्ड रोभरले आफ्नो बहुप्रतिक्षित मिडसाइज एसयूभी बेबी डिफेन्डर ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यसमा इलेक्ट्रिक संस्करण मात्र नभई हाइब्रिड पावरट्रेनसहित पनि उपलब्ध गराइने पुष्टि गरेको हो। कम्पनीले सो नयाँ मोडल सन् २०२७ तिर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

रिपोर्टका अनुसार सो नयाँ एसयूभी जगुआर ल्याण्ड रोभरको इलेक्ट्रिफाइड मोडुलर आर्किटेक्चर प्लेटफर्ममा आधारित हुनेछ।  जगुआर ल्याण्ड रोभरका डिफेन्डर र डिस्कभरी ब्रान्डका प्रबन्ध निर्देशक मार्क क्यामरुनका अनुसार कम्पनीको उद्देश्य ग्राहकलाई धेरैभन्दा धेरै विकल्प उपलब्ध गराउनु हो। उनले इलेक्ट्रिक सवारीतर्फको संक्रमण क्रमिक रूपमा भइरहेको भन्दै हाइब्रिड प्रविधिले पनि आगामी वर्षहरूमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

नयाँ बेबी डिफेन्डरको लम्बाइ करिब ४.५ मिटर हुनेछ। आकारमा हालको डिफेन्डरभन्दा सानो भए पनि कम्पनीले यसलाई आफ्नो वर्गकै सबैभन्दा सक्षम अफ-रोड एसयूभी बनाउने लक्ष्य लिएको छ। कम्पनीले यसको डिजाइनमा डिफेन्डरको सिग्नेचर अपसाइट र बक्सी लुकका साथमा एयरोडायनामिक एफिसिएन्सी र रेन्ज क्षमता बढाउने प्रयास गरेको छ।

हाल सो एसयूभीको विकास अन्तिम चरणमा पुगेको छ । यद्यपि कम्पनीले यसको आधिकारिक नाम र सार्वजनिक हुने मिति भने घोषणा गरेको छैन। रिपोर्टका अनुसार सो एसयूभी सन् २०२७ मा औपचारिक रुपमा लन्च हुने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...