दुर्घटनामा पर्यो बीवाईडीको नयाँ फ्ल्यागशिप सेडान, बिल्ड क्वालिटी देखेर अटो बजार चकित
बीवाईडीको नयाँ सेडान कार सिल ०८ बजारमा सार्वजनिक भएको दुई हप्ता पनि...
काठमाडौं–बीवाईडीले अमेरिकी बजारको सहयोग बिना नै आगामी पाँच वर्षभित्र जापानी अटोमोबाइल जायन्ट टोयोटालाई उछिनेर विश्वकै सर्वाधिक बिक्री हुने अटोमेकर बन्ने महत्त्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।
कम्पनीकी कार्यकारी उपाध्यक्ष स्टेला लीले ‘फाइनान्सियल टाइम्स’ सँगको कुराकानीमा यो दाबी गरेकी हुन् । चीनमा उत्पादित गाडीहरूमा अमेरिकाले उच्च भन्सार महसुल लगाएका कारण बीवाईडीले अमेरिकी बजारको विकल्प खोज्दै अन्य अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।
अमेरिकी बजारमा पहुँच नभए पनि कम्पनीले विश्वका अन्य बलिया बजारहरूलाई लक्षित गर्दै आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । बीवाईडीले विशेषगरी युरोप, ल्याटिन अमेरिका, दक्षिण–पूर्वी एसिया र अष्ट्रेलियामा आफ्नो पकड बलियो बनाउँदै जाने रणनिती बनाएको छ।
कम्पनीले हालै मात्र कुल १ करोड ७० लाख नयाँ ऊर्जा सवारी साधन (एनईभी) उत्पादनको ऐतिहासिक माइलस्टोन पार गरेको छ । कम्पनीको उत्पादनको गति पछिल्ला वर्षहरूमा निकै तीव्र देखिएको छ ।
गत महिना बीवाईडीका संस्थापक तथा अध्यक्ष वाङ चुआनफुले पनि चार्जिङ प्रविधिको तीव्र विकास र अन्तर्राष्ट्रिय बजारको व्यापक विस्तारका माध्यमबाट पाँच वर्षभित्र टोयोटालाई उछिन्ने योजना सार्वजनिक गरेका थिए ।
गत वर्षको बिक्रीलाई हेर्दा टोयोटाले (१ करोड ५ लाख युनिट कार बिक्री गर्दा बीवाईडीले ४५ लाख ५० हजार युनिट कार बिक्री गरेको थियो । सन् २०२६ मा कम्पनीले विश्वभर ५० देखी ५५ लाख एनईभी बिक्री गर्ने लक्ष्य लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...