फेरियो राष्ट्र बैंकको नीति, यात्रुवाहक ठुला विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म कर्जा पाइने
काठमाडौं – यात्रुवाहक ठुला विद्युतीय सवारी साधन खरिदका लागि बैंक तथा...
काठमाडौँ–केही दिनदेखि सडकबाट एकाएक ओझेल परेका काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू पुनः आफ्नो नियमित ड्युटीमा फर्किएका छन् ।
गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै सडकमा नदेखिएका महानगर प्रहरीहरू बुधबारदेखि फेरि सक्रिय भएका हुन् ।
सडक ड्युटीमा फर्किएलगत्तै महानगर प्रहरी टोलीले जथाभावी र अव्यवस्थित रूपमा गरिएका पार्किङ हटाउने अभियानलाई तीव्र पारेको छ ।
महानगर प्रहरीको अनुपस्थितिको फाइदा उठाउँदै केही दिनयता उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरूमा चरम लापरबाही बढेको थियो । विशेष गरी न्यूरोड र असन क्षेत्रका सडक र फुटपाथमै सवारी साधनहरू जथाभावी पार्किङ गर्दा पैदलयात्रु र ट्राफिक व्यवस्थापनमा ठुलो सास्ती भइरहेको थियो ।
फुटपाथहरू हडपेर गरिएका पार्किङका कारण बजार क्षेत्र निकै भद्रगोल बनेको थियो । महानगर प्रहरी पुनः सडकमा ओर्लिएर एक्सन लिन थालेपछि न्यूरोड, असन लगायतका क्षेत्रका सडक र फुटपाथहरू पुनः खाली र व्यवस्थित देखिन थालेका छन् । महानगरले आगामी दिनमा पनि यो सक्रियतालाई निरन्तरता दिने जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...