ट्राफिक नियम मिच्ने बित्तिकै ५० हजार जरिवाना लाग्ने हल्ला भ्रम मात्र : मन्त्री लम्साल

काठमाडौँ– सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा ट्राफिक नियम उल्लंघन गर्दा बित्तिकै ५० हजार रुपैयाँ जरिवाना लाग्ने भनी फैलिएको हल्ला निराधार रहेको सरकारले स्पष्ट पारेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यस विषयमा बाहिर आएका हल्लाहरू केवल भ्रम मात्र भएको बताएका हुन् । मन्त्री लम्सालले तत्कालै ५० हजार रुपैयाँ जरिवाना लाग्ने कुनै व्यवस्था नरहेको स्पष्ट पारे ।

वास्तविक कानुनी प्रावधानबारे संसद्मा प्रष्ट पार्दै मन्त्री लम्सालले भने, ‘सामान्य अवस्थामा ट्राफिक नियम उल्लंघन गर्दा ५०० रुपैयाँ नै जरिवाना लाग्ने हो । तर, यदि कसैले पटक–पटक सोही गल्ती दोहो¥याइरहन्छ र सडक सुरक्षामा लापरबाही गर्छ भने मात्र जरिवाना रकम क्रमशः बढ्दै गएर अधिकतम ५० हजार रुपैयाँसम्म पुग्न सक्छ । यसलाई एकैपटक ५० हजार जरिवाना तोकिएको जसरी गलत व्याख्या गरेर भ्रम फैलाइयो ।”

केही समयअघि १० हजार रुपैयाँ ट्राफिक जरिवाना तिर्न नसकेर गणेश नेपालीले आत्मदाह गरेको भनी चलाइएको हल्ला समेत पूर्णतः असत्य भएको मन्त्री लम्सालले संसद्लाई जानकारी दिए । उनलाई त्यस्तो कुनै जरिवाना नलगाइएको दाबी गर्दै उनले थपे, ‘आर्थिक अवस्था कमजोर हुनु, समयमै न्याय नपाउनु र विभिन्न सामाजिक विकृतिहरूका कारण यस्ता अप्रिय घटनाहरू घट्ने गर्छन् । तर, यसलाई जरिवानासँग जोडेर अतिरञ्जित गरियो ।’

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...