क्रसफायरको रहस्यमय पोस्ट : के आउँदैछ ?
काठमाडौं – क्रसफायर मोटरसाइकल्स नेपालले आफ्नो आधिकारिक सामाजिक सञ्जाल...
काठमाडौं - नेपालका लागि क्रसफायर मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले तबेला नेपालमा आयोजित भव्य ब्रान्ड लन्च कार्यक्रममार्फत लेटबी फ्लाईगन २२० सार्वजनिक गरेको छ । सो मोटरसाइकल फ्लाईगन २२० सिटी र फ्लाईगन २२० हिल्स गरी दुई भेरिएन्टमा प्रस्तुत गरिएको छ । यसले राइडरहरूलाई आफ्नो जीवनशैली, रोजाइको भू-भाग तथा राइडिङ आवश्यकताअनुसार उपयुक्त भेरिएन्ट छनोट गर्ने विकल्प प्रदान गर्दछ।
नेपाली बजारमा पहिले देखि नै उपलब्ध क्रसफायरले लेटबी नामक नयाँ ब्रान्डको औपचारिक सुरुवात गरेको हो। त्यसकारण यो नयाँ मोटरसाइकल मात्र नभई नयाँ ब्रान्ड समेत भित्रिएको महत्वपूर्ण अवसर हो ।
फ्लाईगन २२० सिटी र फ्लाईगन २२० हिल्स लेटबी ब्रान्डअन्तर्गत सार्वजनिक गरिएका पहिलो मोडलहरू हुन्। “मेकानिकल कम्प्यानियन” अवधारणामा आधारित लेटबीले व्यावहारिकता, प्रविधि, बहुउपयोगिता र जीवनशैलीलाई एउटै मोटरसाइकल अनुभवमा जोड्ने लक्ष्य राखेको छ।
“मेकानिकल कम्प्यानियन” को अवधारणाअन्तर्गत विकास गरिएको फ्लाईगन २२० लाई स्पष्ट रूपमा क्रस–टेरेन मोटरसाइकलका रूपमा प्रस्तुत गरिएको छ। यो मोटरसाइकल सहरका सडक, राजमार्ग, पहाडी बाटो तथा हल्का अफरोड ट्रेलमा प्रभावकारी रूपमा चल्न सक्ने गरी इन्जिनियर गरिएको छ।
“वान बाइक, एभ्री रोड, एभ्री पर्पस” अर्थात् “एउटै बाइक, हरेक सडक, हरेक उद्देश्य” भन्ने मूल सन्देशमा आधारित फ्लाईगन २२० ले दैनिक कम्युटरको व्यावहारिकता र टुरिङ तथा एड्भेन्चर यात्राका लागि आवश्यक आराम, स्थिरता र क्षमतालाई एउटै मोटरसाइकलमा समेटेको छ। यसले राइडरलाई एउटै बहुउपयोगी मोटरसाइकलमार्फत विभिन्न भू–भागमा आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाउँछ।
फ्लाईगन २२० सिटीमा सहरी सडक, राजमार्ग तथा कहिलेकाहीँ गरिने हल्का अफरोड यात्रामा चुस्त ह्यान्डलिङ, स्थिरता र आत्मविश्वास प्रदान गर्ने स्ट्रिट–फोकस्ड टायर प्रयोग गरिएको छ।
फ्लाईगन २२० सिटीमा एड्भेन्चर–ओरिएन्टेड नबी टायर जडान गरिएको छ, जसले ग्राभेल सडक, पहाडी मार्ग तथा हल्का अफरोड भू–भागमा थप ग्रिप र आत्मविश्वास प्रदान गर्दछ।
लेटबी फ्लाईगन २२० मा पाँच वर्षको वारेन्टी प्रदान गरिएको छ। यसले मोटरसाइकलको इन्जिनियरिङ, टिकाउपन तथा दीर्घकालीन विश्वसनीयताप्रति ब्रान्डको विश्वासलाई प्रतिबिम्बित गर्दछ।
फ्लाईगन २२० मा ७८० मिलिमिटरको कम सिट हाइट प्रदान गरिएको छ, जसले औसत नेपाली उचाइ भएका राइडरहरूका लागि मोटरसाइकललाई सहज, पहुँचयोग्य र आरामदायी बनाउँछ। यससँगै यसको २३० एमएम ग्राउन्ड क्लियरेन्सले स्पिड ब्रेकर, असमान सडक, ग्राभेल ट्र्याक तथा नेपालका विविध क्रस–टेरेन राइडिङ अवस्थाहरूमा आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्दछ।
यसमा १३०/८०–१८ साइजको अगाडिको टायर र १८०/८०–१४ साइजको पछाडिको टायर सहितको ठूलो ह्विल प्रोफाइल प्रयोग गरिएको छ। यो टायर प्रोफाइल आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूला र फराकिला टायर प्रोफाइलमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ।
फराकिलो टायर सेटअपले विभिन्न सतहमा ग्रिप, स्थिरता र राइडरको आत्मविश्वास बढाउनुका साथै फ्लाईगन २२० लाई बोल्ड, मस्कुलर र प्रभावशाली रोड प्रेजेन्स प्रदान गर्दछ।
दुवै भेरिएन्टमा बोस्च ईएफआई प्रविधिसहितको २२० सीसी सिंगल–सिलिन्डर, एयर–कुल्ड इन्जिन प्रयोग गरिएको छ। इन्जिनले ७,५०० आरपीएममा १२.८ किलोवाट पावर र ५,५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्दछ। यसको पावर पाँच–स्पिड गियरबक्स तथा चेन–ड्राइभ ट्रान्समिसनमार्फत सञ्चालन हुन्छ। लेटबी फ्लाईगन २२० मा प्यासिभ कीलेस इन्ट्री, पुश–स्टार्ट इग्निसन, स्मार्ट लकिङ सिस्टम, एन्टी–थेफ्ट अलार्म र २.८ इन्चको टीएफटी डिस्प्ले लगायतका विशेषता रहेका छन् ।
यसको अपराइट राइडिङ पोजिसन, अप्टिमाइज्ड राइडर ट्रयाङ्गल, कम सेन्टर अफ ग्राभिटी र सहज सिट हाइटले नयाँ तथा अनुभवी दुवै राइडरलाई राम्रो आराम, नियन्त्रण र आत्मविश्वास प्रदान गर्दछ।
लेटबी फ्लाईगन २२० सिटीको मूल्य ५ लाख ४९ हजार ९ सय र लेटबी फ्लाईगन २२० हिल्सको मूल्य ५ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
नेपालभरका आधिकारिक क्रसफायर तथा लेटबी बिक्री च्यानलहरू मार्फत दुवै भेरिएन्टको बुकिङ खुला गरिएको बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...