वर्षायाममा सुरक्षित सवारी सञ्चालन : सजगता, तयारी र जिम्मेवारी
मनसुन वा वर्षायाम प्राकृतिक सौन्दर्यको मौसम हो । हरियाली र वर्षाको...
काठमाडौँ–काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका सवारी साधन खोज्न ट्राफिक प्रहरीले चलाएको विशेष अभियानले ठूलो सफलता पाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो एक महिनाको अवधिमा सञ्चालन गरेको तीव्र खोजी अभियान अन्तर्गत फेला परेका ५१ वटा दुईपांग्रे सवारी साधन सोमबार एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।
सवारी साधन हस्तान्तरण गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले चोरी नियन्त्रण र हराएका सवारी साधनको खोजीका लागि प्रहरीले विशेष अपरेसन नै सुरु गरेको जानकारी दिए । उनले भने, ‘हामीले विशेष अभियान सुरु गरेर चोरी भएका मोटरसाइकल र स्कुटरको खोजी कार्यलाई एकदमै तीव्र बनाएका छौँ, जसको परिणाम स्वरूप यी सवारी साधन फेला परेका हुन् ।’
प्रहरीका अनुसार यस अवधिमा ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर फेला पारिएको थियो । आफ्नो हराएको सवारी साधन वर्षौँपछि फिर्ता पाउँदा सवारी धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीको सक्रियताको प्रशंसा गरेका छन् ।
ट्राफिक प्रहरीले सवारी चालकहरूलाई आफ्नो सवारी साधन पार्किङ गर्दा सुरक्षित स्थानमा राख्न र ह्विल लक लगायतका सुरक्षा उपाय अपनाउन समेत अपिल गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...