साउन १ देखि ड्राइभिङ लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने
काठमाडौं – यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सवारी चालक अनुमति...
काठमाडौं - मौसम सम्बन्धी सटीक, भरपर्दो र समय सापेक्ष जानकारी उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारको आधिकारिक मोबाइल एप नेपाल वेदर अफिसियल (Nepal Weather Official) सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय सूचना प्रविधि केन्द्रको सहकार्यमा सो एप विकास गरिएको हो ।
यस एपमार्फत प्रयोगकर्ताहरूले तत्कालै मौसम सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । एप खोल्ने बित्तिकै प्रयोगकर्ताहरूले आफ्नो स्थानको तत्कालको तापक्रम, महसुस हुने तापक्रम (Feels like), वायुको गुणस्तर सूचकाङ्क (AQI), आर्द्रता (Humidity) र वर्षाको अवस्था हेर्न सक्छन् । यसका साथै हावाको गति, दिशा र वायुमण्डलीय चापको विवरण पनि यसमा समावेश छ ।
एपको होम पेजमै ३ दिनको मौसम पूर्वानुमान हेर्न सकिने व्यवस्था मिलाइएको छ । थप विवरणका लागि View More मा गएर घण्टा-घण्टाको अपडेट र साप्ताहिक (७ दिने) पूर्वानुमान हेर्ने व्यवस्था मिलाइएको छ ।
भारी वर्षा, चट्याङ, बाढी तथा पहिरोको जोखिमबारे एपले प्रयोगकर्तालाई तत्काल स्मार्ट र पुश नोटिफिकेसनमार्फत सचेत गराउने बताइएको छ । यसले विपद् व्यवस्थापन र जनधनको सुरक्षामा ठुलो सहयोग पुग्ने देखिन्छ ।
तपाईं आफ्नो दैनिक यात्रा योजना बनाउँदै हुनुहुन्छ, हिमालयमा पदयात्रा गर्दै हुनुहुन्छ, यात्रा गर्दै हुनुहुन्छ, खेती गर्दै हुनुहुन्छ वा प्रकोप तयारी व्यवस्थापन गर्दै हुनुहुन्छ भने नेपाल वेदर अफिसियल एपले विश्वसनीय मौसम डाटा उपलब्ध गराउछ र त्यही अनुसार यात्राको तयारी गर्न सकिन्छ ।
यति मात्र होइन, सवारी साधन चढेर जानु पर्ने स्थानमा त्यही अनुसार सवारी साधन लैजाने वा नलैजाने भनेर निर्णय गर्न पनि सकिन्छ ।
देशका विभिन्न क्षेत्रको मौसम पूर्वानुमान र बाढी पहिरो जस्ता प्राकृतिक विपद्को पूर्वजानकारी नागरिकसम्म छिटो पु-याउन यो एप निकै उपयोगी साबित हुने सरकारको विश्वास छ । यो नयाँ एप्लिकेसन एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...