साउन १ देखि ड्राइभिङ लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं - यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को राजस्व अनलाइनबाटै तिर्ने व्यवस्थाका लागि आवश्यक तयारी गरिरहेको छ । सेवाग्राहीको भिडभाड कम गर्नका लागि यस सम्बन्धी आवश्यक प्राविधिक परीक्षण गरिरहेको र परीक्षण सफल देखिएको विभागले जनाएको छ ।

विभागले असार मसान्तभित्र सवारी चालक अनुमति पत्र (लाइसेन्स) सँग सम्बन्धित आवश्यक कामलाई प्रणालीमा आबद्ध गरिसक्ने जनाएको छ । त्यस लगत्तै साउनको सुरुदेखि नै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै राजस्व बुझाउन सक्नेछन् ।

हाल नयाँ सवारी चालक अनुमति पत्र लिदा वा नवीकरण गर्दा सेवाग्राहीले कार्यालयबाटै राजस्व तिर्नु पर्ने व्यवस्था छ । यसले गर्दा कार्यालयमा सेवाग्राहीको चाप देखिन्छ । यदि अनलाइनबाटै तिर्न सकिने व्यवस्था भयो भने भिडभाड कम हुने अपेक्षा गरिएको छ ।

हाल ड्राइभिङ लाइसेन्ससँग सम्बन्धित विभिन्न कार्यलाई अनलाइन बनाउने कार्यमा विभाग क्रियाशील रहेको छ ।

ट्राफिक प्रहरीसँग सम्बन्धित विभिन्न कार्य भने अनलाइन भएकाले सेवाग्राहीलाई सहज भएको छ । ट्राफिकसँग सम्बन्धित विभिन्न नियम उल्लंघन गर्दा वा विभिन्न अवस्थामा रकम तिर्न अनलाइनमार्फत नै सकिने व्यवस्था छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...