पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, खुलाउन समय लाग्ने
काठमाडौं–पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध...
नयाँ कार खरिद गर्दा मोडल, इन्जिन र सुविधापछि सबैभन्दा धेरै सोच्नुपर्ने विषयमध्ये एक हो रङको छनोट। धेरैजसो मानिसले आफ्नो व्यक्तिगत रुचिअनुसार रङ रोज्ने गरे पनि कारको रङले यसको मर्मतसम्भार, यात्राको सहजता, सडक सुरक्षा, रिसेल भ्याल्यु र दीर्घकालीन खर्चमा समेत प्रत्यक्ष प्रभाव पार्छ।
बिएएसएफले जनवरीमा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०२५ सम्म भारतमा बिक्री हुने कारमध्ये करिब ४८ प्रतिशत सेतो रङको हुने गरेको अनुमान गरेको छ। यसको प्रमुख कारण सेतो रङका कार मेन्टेनेन्समा अन्य कारको तुलनामा कम खर्च हुनु हो । साथै सेतो कारकाे रिसेल भ्याल्यु पनि राम्रो हुन्छ ।
रिपोर्टका अनुसार कारको रङ छनोट गर्दा सबैभन्दा पहिले आफ्नो बसोबास गर्ने क्षेत्र र गाडीको प्रयोगलाई ध्यान दिनुपर्छ। अत्यधिक गर्मी हुने स्थानमा बसोबास गर्ने खरिदकर्ताका लागि सेतो वा सिल्भर कलर उपयुक्त हुन्छ, किनभने सेतो रङले घामको ताप कम सोस्ने भएकाले कारको भित्री भाग अपेक्षाकृत चिसो रहन्छ। चिसो तथा पहाडी क्षेत्रमा भने कालो वा गाढा खैरोजस्ता गाढा रङले बढी ताप सोस्ने भएकाले केही हदसम्म न्यानोपन कायम राख्न सहयोग पुर्याउन सक्छ।
नियमित रूपमा कार सफा गर्ने समय छैन भने बेज, लाइट ब्राउन वा सिल्भरजस्ता रङ बढी उपयुक्त हुन्छ, किनभने यस्ता रङमा धुलो र सामान्य फोहोर कम देखिन्छ। रिपोर्टका अनुसार सिल्भर कलरको कारमा कालो कारको तुलनामा दोब्बर धुलो जम्दा पनि फोहोर खासै देखिँदैन। त्यस्तै बेज वा लाइट ब्राउन रङमा कालो कारभन्दा करिब तीन गुणासम्म बढी धुलो जम्दा मात्र स्पष्ट रूपमा फोहोर देखिन थाल्छ। यसको विपरीत, कालो रङमा सानो धुलो वा फाेहाेर पनि सजिलै देखिने भएकाले यसको मर्मतसम्भार पनि बढी गर्नुपर्ने हुन्छ।
सेतो रङ व्यापक रूपमा पाइने भएकाले यसमा साधारण फाेहाेर हुँदा पनि सजिलै पुनः रङ लगाउन कम खर्च लाग्छ। साना दाग हटाउन बजारमा पाइने स्प्रे रङको प्रयोग पनि सजिलो हुन्छ। तर म्याट फिनिस भएका कारमा भने दाग हटाउन कठिन हुन्छ, किनभने त्यस्ता सतहलाई पालिस गर्दा मूल म्याट स्वरूप नै परिवर्तन हुन सक्छ।
कारको रङले सडक सुरक्षामा पनि प्रभाव पारेको हुन्छ । रातको समयमा टाढाबाट सजिलै देखिने सेतो वा अन्य उज्याला रङका कारहरू बढी सुरक्षित मानिन्छ । यसको विपरीत, म्याट ब्ल्याक वा अत्यधिक गाढा रङका कारहरू रातको समयमा सडकसँग मिसिन सक्ने भएकाले अन्य सवारी चालकलाई चिन्न केही कठिन हुन सक्छ।
भविष्यमा कार बेच्ने योजना छ भने रङको छनोट अझ महत्वपूर्ण हुन्छ । सेतो, सिल्भर वा लाइट ब्राउनजस्ता रङका कारमा छिटो बिक्री हुने र राम्रो मूल्य प्राप्त गर्ने सम्भावना बढी हुन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...