मौसम सम्बन्धी जानकारी दिने आधिकारिक सरकारी एप नेपाल वेदर अफिसियल सार्वजनिक
काठमाडौं – मौसम सम्बन्धी सटीक, भरपर्दो र समय सापेक्ष जानकारी उपलब्ध...
कार की फोब केवल गाडी लक र अनलक गर्ने उपकरण मात्र नभई स्मार्ट प्रविधि पनि हो । आधुनिक कारमा कम्पनीले की फोबमा धेरै उपयोगी र स्मार्ट सुविधाहरू प्रदान गरेको छ । जसले चालकको सुरक्षा बढाउनुका साथै दैनिक प्रयोगलाई अझ सहज, सुविधाजनक र सुरक्षित बनाएको छ । यद्यपि, यस्ता सुविधाबारे अधिकांश चालक अझै पनि अनभिज्ञ छन् ।
आधुनिक कारहरूमा चालकको सुरक्षालाई ध्यानमा राखेर एउटा विशेष सुविधा दिइएको हुन्छ। पुराना कारमा रिमोटको अनलक बटन एक पटक थिच्दा चारवटै ढोका एकैपटक खुल्थ्यो। तर अहिलेका नयाँ मोडलमा कारको सेटिङमार्फत पहिलो पटक बटन थिच्दा चालकको ढोका मात्र खुल्ने व्यवस्था गर्न सकिन्छ। बाँकी ढोका खोल्न भने फेरि एकपटक बटन थिच्नुपर्छ। विशेषगरी रातिको समयमा वा एक्लै यात्रा गर्दा अनावश्यक रूपमा सबै ढोका खुल्ने जोखिम कम गर्न यो सुविधा निकै उपयोगी मानिन्छ ।
रिमोटको ब्याट्री अचानक सकिएको अवस्थामा कार निर्माता कम्पनीहरूले की फोबभित्र सिक्रेट ब्याकअप की पनि उपलब्ध गराएको हुन्छ। सानो बटन थिचेर उक्त साँचो बाहिर निकाल्न सकिन्छ, जसको प्रयोग गरेर कारको ढोका खोल्न सकिन्छ। कार स्टार्ट गर्न रिमोटलाई स्टार्ट बटनको नजिक ल्याएर ब्रेक थिच्दै स्टार्ट बटन दबाउँदा धेरैजसो कारले रिमोटलाई पहिचान गरी इन्जिन स्वत स्टार्ट गर्छ। केही मोडलमा भने यसका लागि स्टेयरिङ ह्विल नजिक वा आर्मरेस्टभित्र सिक्रेट स्लट पनि दिइएको हुन्छ।
धेरै कारमा टाढैबाट इन्जिन स्टार्ट गर्ने सुविधा पनि उपलब्ध गराइएको हुन्छ। यसले गर्मी मौसममा कारभित्रको तापक्रम घटाउन वा जाडो मौसममा इन्जिनलाई पहिले नै न्यानो बनाउन सहयोग पुर्याउँछ। रिमोटमा दिइएको विशेष कम्बिनेशन बटन थिचेर पनि इन्जिन स्टार्ट गर्न सकिन्छ। यद्यपि, यसका लागि कार चालकले अनिवार्य रूपमा कार अनलक गर्नुपर्ने हुन्छ।
की फोबको अर्को उपयोगी सुविधा भनेको टाढैबाट डिकी खोल्ने क्षमता हो। विशेषगरी किनमेल गरेर धेरै सामान बोकेर फर्किएका बेला खल्तीबाट साँचो निकाल्नुपर्ने झन्झट हुँदैन। धेरै एसयूभी र ठुला कारमा रिमोटमा छुट्टै डिकी खोल्ने बटन हुन्छ। उक्त बटन दुई पटक थिचेपछि डिकी स्वतः अनलक भई खुल्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...