एनईभी उत्पादनमा बीवाईडीको नयाँ किर्तिमान, सिल ०८ बन्यो एक करोड ७० लाखौं कार
काठमाडौं–विश्वप्रसिद्ध अटोमोबाइल कम्पनी बीवाईडीले न्यु इनर्जी भेहिकल...
काठमाडौं–चीनको गुआङ्सी क्षेत्रमा टाइफुन मेसाकका कारण आएको विनाशकारी बाढीका बीच एउटा अनौठो र साहसिक नागरिक उद्धार अभियानको चर्चा भइरहेको छ ।
चिनियाँ मिडिया १६३ का अनुसार, कम्पनीका उच्च अधिकारीहरूको सुरक्षा चेतावनीलाई समेत बेवास्ता गर्दै बीवाईडी डेन्जा र फ्याङ चेङ बाओका सवारी चालकहरू स्वतःस्फूर्त रूपमा गहिरो बाढी र हिलो जमेका सडकहरू पार गर्दै प्रभावित क्षेत्रमा राहत पु¥याउन पुगेका हुन् ।
टाइफुन मेसाकका कारण स्थानीय जलाशयहरू फुट्दा र नदीहरू भरिँदा थुप्रै गाउँहरू पूर्ण रूपमा सम्पर्कविहीन भएका थिए । परम्परागत इन्धनका गाडीहरू गुड्न नसक्ने र असक्षम हुने अवस्थामा ती चालकले आफ्ना न्यू इनर्जी भेइकल(एनईभी) लिएर सिधै बाढीको खतरनाक पानीमा गाडी गुडाएका थिए ।
यस उद्धार कार्यमा डेन्जा एन९ लक्जरी प्लग–इन हाइब्रिड र फ्याङ चेङ बाओ ८ जस्ता हार्डकोर अफ–रोड एसयूभी प्रयोग गरिएका थिए ।
यी एनईभीका इन्जिनियरिङले उच्च–भोल्टेज ब्याट्री इन्सुलेशन र बलियो वेडिङ क्लियरेन्स लाई जोड दिएको छ । फ्याङ चेङ बाओ ब्रान्डको चेसिसले विशेष अन्डरबडी संरचनात्मक सीलिङका साथ ८०० मिमी सम्मको प्रमाणित वेडिङ गहिराइ प्रदान गर्दछ । यही विशेष भौतिक प्यारामिटरका कारण यी गाडीहरूले पानी भरिएको र हिलोयुक्त प्रान्तीय मार्गहरूमा सजिलै ट्रयाक्सन कायम राख्न सफल भएको जनाइएको छ ।
नागरिकहरूको यो प्रयास प्रशंसनीय भए पनि बीवईडीका वरिष्ठ उपाध्यक्ष हे झिकीले सामाजिक सञ्जालमा न्यू इनर्जी भेइकल उभयचर डुङ्गा नभएको भन्दै कडा निर्देशन जारी गरेका छन् ।
झिकीका अनुसार गाडीमा प्रयोग गरिएको ब्याट्री कम्पोनेन्टहरूले आईपी६७ र आईपी६८ सुरक्षा मापदण्ड प्राप्त गरेको र कारखानाको विशिष्टीकरणले २४ घण्टाका लागि १ मिटरसम्म डुबेर सुरक्षाको ग्यारेन्टी (विद्युतीय चुहावट वा थर्मल रनअवे नहुने) दिए तापनि, गहिरो पानीमा गाडी चलाउनु निकै जोखिमपूर्ण हुन्छ ।
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र आपतकालीन उद्धार कार्यलाई तीव्रता बीवाईडीले आफ्नो च्यारिटी फाउन्डेसनमार्फत फ्रन्टलाइन आपतकालीन टोलीहरू र सार्वजनिक पूर्वाधार मर्मतका लागि एक करोड युआन सहयोग गर्ने घोषणा गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...