ठूलो फ्लोरबोर्ड, ठूलो सिट र शक्तिशाली रेन्ज भएको नयाँ इलेक्ट्रिक स्कुटर रिज्टा लन्च गर्दै एथर इनर्जी
एथर इनर्जीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर रिज्टा अप्रिल ६ मा लन्च गर्ने...
आगामी साउन २६ देखि काठमाडौंको भृकुटीमण्डपमा प्रारम्भ हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा एउटा सानो चिटिक्क परेको ‘मिनीईभी’ समेत देख्न पाइने भएको छ । नेपालका लागि वुलिङको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले वुलिङ होङगुआङ मिनीईभी प्रदर्शन गर्ने भएको छ ।
सन् २०२६ मोडल सम्म आइपुग्दा फिफ्थ जेन अर्थात पाँचौ पुस्ता सम्मको यात्रा गरिसकेको मिनीईभी पहिले भन्दा धेरै परिमार्जित स्वरुपमा उपलब्ध भएको छ । विश्वमै सबैभन्दा बढी बिक्री हुने माइक्रो ईभीको पहिचान कायम गरेको मिनीईभी सन् २०२० मा पहिलो पटक लन्च भए पश्चात १९ लाख युनिट बिक्री भइसकेका छन् ।
सन् २०२५ मा मिनीईभीको बिक्री ४ लाख ३५ हजार ५९८ युनिट पुगेको थियो । यस आधारमा ग्लोबल मिनी न्यु इनर्जी भेइकल बजारमा यो ईभी सेल्स च्याम्पियन बन्न सफल भएको छ । सन् २०२५ मा नै विभिन्न प्रतिष्ठित संस्थाहरुले यसलाई प्रयोगकर्ताको सन्तुष्टि, भ्याल्यु र क्वालिटीका लागि विभिन्न अवार्डहरु प्रदान गरेका छन् ।
न्यु फेसन ट्रेन्डलाई पछ्याएर डिजाइन गरिएको मिनीईभी यो क्लासमै उपलब्ध फोर डोर ईभी हो । पाँचौ पुस्ता सम्म पुग्दा यो गाडीमा धेरै इभोलुसन गरिएको छ । न्यु जेन डिजाइन ल्यांग्वेजयुक्त सो गाडीमा पुरै नयाँ एक्सटेरियर स्टाइल, इन्टेरियर डिजाइन तथा फरक कलर अप्सन उपलब्ध छ । त्यसैगरी नयाँ इन्फोटेनमेन्ट अनुभव, स्मार्टफोन–भेइकल कनेक्टिभिटी, नयाँ यूआई डिजाइन र भर्सटाइल ल्यान्डस्केपिङ स्पेस लगायतका ड्राइभिङ फन लिन सकिन्छ ।
यसमा ८.९ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ । यसमा भएको ब्याट्रीलाई डीसी फास्ट चार्जिङको सहायताले ३५ मिनेटमै ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा स्ट्यान्डर्ड, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोड रहेका छन् ।
वुलिङ मिनीईभी एउटा चारढोका भएको आकर्षक कम्युटर कार हो । कम्पनीले यसलाई ‘फोर–डोर प्लेफुल कम्युटर कार’ भनेको छ । नयाँ र मनोरञ्जनयुक्त भएकाले यसलाई कम्पनीले ‘न्यु फोर–डोर, प्ले विथ फन’ भनेको छ ।
अगाडिको फ्रन्ट फेसिया हेर्दा नै ‘स्माइलिङ’ लाग्छ भने यसमा भएका ‘जोयफुल राउन्ड स्टार–रिङ’ एलईडी फ्रन्ट र रियर हेडलाइट यसको अर्को आकर्षण हुन् । चौडा भागमा पुरै फैलिएका क्रोम ब्राइट स्ट्रिप, ‘राउन्ड एन्ड क्युट’ रियरभ्यु मिरर, ‘सनफ्लावर डिम्पल’ फ्रन्ट फेसिया डेकोर, ‘फोर–लिफ क्लोभर’ ह्विल कभर र सहजै चिनिने ‘मिनीईभी’ लेखिएको एक्सक्लुसिभ नेमप्लेटले यसको पहिचान नै फरक बनाएको छ ।
मिनीईभीको क्याबिन सबैतिर हेर्दा ‘जोयफुल रिङ’ जस्तो लाग्छ । सबै कुरा यसको राउन्डनेसमा पाइने अनुभव हुन्छ । यो एउटा क्याबिन मात्र नभएर फनको सम्मिश्रण लाग्छ । फोर–डोरका साथ फोर–सिटर क्याबिन स्पेस, बेस्ट–इन–क्लास कोलम सिफ्टर डिजाइन, बेस्ट–इन–क्लास इन्फोटेनमेन्ट एक्सपेरियन्स लगायतका फिचर यसमा पाउन सकिन्छ ।
पार्क गर्न, युटर्न गर्न र फ्लेक्जिबल नेभिगेसनका लागि यसमा एजाइल बडी उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३२६८ एमएम, १५२० एमएम र १५७५ एमएम छ । यसको ह्विलबेस २१९० एमएम छ भने टर्निङ रेडियस ४.५ मिटर छ । साँघुरो स्थानमा समेत पार्किङ गर्न र मोड्न सकिन्छ भने साँघुरो सडकमा गुडाउन सकिन्छ । यसमा एक्सक्लुसिभ स्मार्टफोन स्लट, कप होल्डर, ट्रंक स्टोरेज ग्रुभ लगायतका २० क्याबिन स्टोरेस स्पेस छ । यसको पछिल्लो भागमा १७० लिटरको स्टोरेज स्पेस उपलब्ध छ भने यसलाई बढाएर ८३८ लिटर सम्म बनाउन सकिन्छ । यसको टेलगेट सिल हाइट समेत बेस्ट–इन–क्लास ७५५ एमएम छ, जसले गर्दा सामानहरु राख्न सहज हुन्छ ।
यसमा १०.१ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिनका साथै कन्ट्रोल सेन्टर, स्मार्ट एसी, चार्जिङ तथा स्मार्टफोन–भेइकल कनेक्टिभिटी लगायतका फिचर छन् । यसमा न्याप मोड, रेन र स्नो मोड, क्याम्पिङ मोड र पेट मोड लगायतका फिचर रहेका छन् ।
सुरक्षाका लागि यसमा एबीएस, ईबीडी, टीसीएस, भीडीसी, अटोहोल्ड, हिलहोल्ड कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायतका विभिन्न फिचर रहेका छन् ।
मिनीईभीको पाँचौ पुस्ता सम्म आइपुग्दा यो भन्दा पहिले प्रत्येक पुस्तामा फरक फरक पहिचान कायम गरेको छ । फर्स्ट जेनेरेसनमा द पिपुल्स कम्युटर कार, सेकेन्ड जेनेरेसनमा अ न्यु फेसनेबल कम्युटर च्वाइस, थर्ड जेनेरेसनमा द फेसनेबल कम्युटर पिस्टासिय र फोर्थ जेनेरेसनमा टु बाई टु सिम्पल कम्युटर कारको उपाधि पाएको छ । यस अनुसार प्रत्येक जेनेरेसनमा यो प्रोडक्टले लिड गरेको छ भने त्यही अनुसार बजार पनि स्टेप बाई स्टेप अगाडि बढिरहेको छ ।
यो सेगमेन्टमै कम अर्थात सस्तो मूल्यमा उपलब्ध हुने अनुमान गरिएको मिनीईभीले आगामी दिनमा नेपाली बजारमा अर्को आकर्षण थप्ने अनुमान गरिएको छ । यद्यपि यसका अन्य विभिन्न विशेषता र मूल्यको वारेमा जान्न भने केही समय प्रतीक्षा नै गर्नुपर्ने छ ।
एथर इनर्जीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर रिज्टा अप्रिल ६ मा लन्च गर्ने...
हिरो इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने भएको छ ।...
काठमाडौं – नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...