गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा
काठमाडौं – नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा...
काठमाडौं–विश्वप्रसिद्ध अटोमोबाइल कम्पनी बीवाईडीले न्यु इनर्जी भेहिकल (एनईभी) उत्पादनमा नयाँ कीर्तिमान कायम गरेको छ । गत जुलाई ८ मा कम्पनीले आफ्नो उत्पादन लाइनबाट १ करोड ७० लाखौं गाडी सफलतापूर्वक बाहिर ल्याएर यो ऐतिहासिक माइलस्टोन पार गरेको हो ।
कम्पनीको यो ऐतिहासिक उपलब्धिलाई प्रतिनिधित्व गर्ने गाडी हालै सार्वजनिक गरिएको नयाँ फ्ल्यागसिप सेडान सिल ०८ बनेको छ । उक्त गाडी गत जुलाई २ मा मात्रै औपचारिक रूपमा बजारमा ल्याइएको थियो ।
यो कीर्तिमानले बीवाईडीको उत्पादन क्षमतामा आएको अभूतपूर्व वृद्धिलाई प्रस्ट्याउँछ । यसअघि १८ नोभेम्बर २०२४ मा १ करोड एनईभी उत्पादन गर्ने विश्वकै पहिलो अटोमेकर बनेको बीवाईडीले १८ डिसेम्बर २०२५ मा १ करोड ५० लाख गाडी उत्पादन गरेको थियो ।
कम्पनीले १ करोड ५० लाखको आँकडा पार गरेको ६ महिनाभन्दा केही बढी समयमै तथा १ करोड ६० लाख युनिट पुगेको ३ महिनाभन्दा कम अवधिमै १ करोड ७० लाखको नयाँ उचाइ छोएको हो ।
नयाँ सिल ०८ लाई कम्पनीले आफ्नो अत्याधुनिक ‘ओसियन एस्थेटिक २.०’ डिजाइन शैलीमा तयार पारेको छ । सुरक्षा र इन्टेलिजेन्ट ड्राइभिङका लागि यसको छतमा लिडार सेन्सर र ‘गड्स आई बी’ ड्राइभिङ असिस्टेन्स सिस्टम’ जडान गरिएको छ । गाडीको भित्री क्याबिनलाई ’मिनिमलिस्टिक’ र प्रविधियुक्त बनाइएको छ । यसमा ठूलो फ्लोटिङ स्क्रिन र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ ।
यो कार पूर्ण विद्युतीय र प्लग–इन हाइब्रिड दुवै विकल्पमा उपलब्ध छ र दुवैमा फ्ल्यास चार्जिङ प्रविधि प्रयोग गरिएको छ । जसमा, पूर्ण विद्युतीय मोडल ८००–भोल्टको हाई–भोल्टेज प्लेटफर्ममा आधारित छ । यो संस्करण दोस्रो पुस्ताको ब्लेड ब्याट्रीद्वारा सञ्चालित छ । यसले एक पटकको फुल चार्जमा ९०५ किलोमिटरको सीएलटीसी रेन्ज दिने दाबी गरिएको छ । साथै, फ्ल्याश–चार्ज प्रविधिमार्फत मात्र ५ मिनेट चार्ज गर्दा यसले ४०० किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सक्छ ।
काठमाडौं – नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा...
विद्युतीय सवारीसाधनको क्षेत्रमा विश्वव्यापी रुपमै अग्रणी कम्पनी...
बिवाईडीले विश्वकै ठूलो सोडियम आयोन ब्याट्री प्लान्ट निर्माण गर्ने भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...