टाटा पन्च बन्यो जुन २०२६ को सर्वाधिक बिक्री हुने कार

जुन २०२६ मा भारतीय बजारका लागि सर्वाधिक बिक्री हुने कारको सूचीमा टाटा पन्च शीर्ष स्थानमा उक्लिएको छ । लामो समयदेखि बजारमा वर्चस्व कायम राख्दै आएको मारुती सुजुकी डिजायरलाई पछि पार्दै टाटा पन्चले यो स्थान हासिल गरेको हो ।

प्राप्त तथ्याङ्क अनुसार टाटा मोटर्सले गत महिना मात्रै २१ हजार ६ युनिट पन्च बिक्री ग¥यो । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०१ प्रतिशत भन्दा बढीको वृद्धि हो ।

त्यस्तै, टाटाकै अर्को लोकप्रिय मोडल टाटा नेक्सन पनि १ हजार ३३५ युनिट बिक्रीका साथ दोस्रो स्थानमा रहन सफल भएको छ । अघिल्लो वर्षको तुलनामा नेक्सनको बिक्रीमा ५८.०३ प्रतिशतको वृद्धि देखिएको छ ।

विगतमा बजारमा अग्रस्थानमा रहँदै आएको मारुती सुजुकी डिजायर यस पटक १७ हजार ८९९ युनिट बिक्रीसहित तेस्रो स्थानमा झरेको छ । यद्यपि, शीर्ष १० को सूचीमा मारुती सुजुकीका अन्य मोडलहरूको बलियो उपस्थिति भने कायमै छ । डिजायरपछि चौथो, पाँचौँ र छैटौँ स्थानमा क्रमशः मारुतीका वागन–आर, एर्टिगा र स्विफ्ट रहेका छन् ।

जुन २०२६ मा सर्वाधिक बिक्री हुने शीर्ष १० कारहरूको सूचीमा महिन्द्राको तर्फबाट ’स्कर्पियो एन’ मात्र समावेश हुन सफल भयो । कम्पनीले यस एसयूभीका १४ हजार ९७ युनिट बिक्री ग¥यो, जसमा १०.६५ प्रतिशतको वृद्धि देखिएको छ ।

यसैगरी मारुतीकै फ्रंक्स १३ हजार १३५ युनिट बिक्रीका साथ आठौँ स्थानमा रहँदा हुन्डाई भेन्यु १० हजार ७७६ युनिट बिक्रीसहित शीर्ष १० को सूचीमा पर्न सफल भएको छ ।

सम्बन्धित समाचारहरू

बिएमडब्लु र टाटा टेक मिलेर अटोमोटिभ सफ्टवेयर विकास गर्ने

बिएमडब्लु र टाटा टेक मिलेर अटोमोटिभ सफ्टवेयर विकास गर्ने

बिएमडब्लु र टाटा टेक्नोलोजी मिलेर भारतमा अटोमोटिभ सफ्टवेयर विकास गर्ने...

नेपालमा किन प्रतिक्षा गर्ने टाटा पन्च फेसलिफ्ट ? यी हुन ४ प्रमुख कारण

नेपालमा किन प्रतिक्षा गर्ने टाटा पन्च फेसलिफ्ट ? यी हुन ४ प्रमुख कारण

टाटा मोटर्सले आफ्नो लोकप्रिय सब-फोर मिटर कम्प्याक्ट एसयूभी टाटा पन्चको...

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...