बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
विश्व फुटबलका महान खेलाडी लियोनेल मेसीले जारी २०२६ फिफा विश्वकपमा फेरि एकपटक आफ्नो जादुमय प्रदर्शनले विश्वलाई मन्त्रमुग्ध पारेका छन् । ३९ वर्षको उमेरमा पनि मैदानमा उस्तै प्रभावशाली देखिएका मेसीले कीर्तिमानको ओइरो लगाइरहेका छन् ।
खेल मैदानमा मात्र होइन, मैदान बाहिर पनि उनको विलासी जीवनशैली, विशेष गरी उनको कार कलेक्सन सधैं चर्चाको विषय बन्ने गर्छ । हालै सम्पन्न प्रि–क्वार्टरफाइनलमा इजिप्टविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्ने क्रममा मेसीले सानदार गोल गर्दै टोलीलाई क्वार्टरफाइनलमा पु-याएका छन् ।
मेसीले जारी विश्वकपका ५ खेलमा ८ गोल गरिसकेका छन् र उनी शीर्ष गोलकर्ताको सूचीमा अगाडि छन् । उनले अल्जेरिया र अस्ट्रियाविरुद्ध ह्याट्रिक समेत गरेका थिए ।
मैदानमा जति सुक्ष्म र सटीक मेसीको खेल हुन्छ, उनी कार खरिद गर्दा पनि त्यत्तिकै शौखिन र लगानीमुखी देखिन्छन् । मेसीको कार कलेक्सनको कुल मूल्य ३७ मिलियन अमेरिकी डलर (करिब ४ अर्ब ९० करोड नेपाली रुपैयाँ) भन्दा बढी अनुमान गरिएको छ ।
उनको कलेक्सनमा विश्वका दुर्लभ क्लासिक कारदेखि अत्याधुनिक हाइपरकारहरू सामेल छन् । उनीसंग सन् १९५७ को दुर्लभ क्लासिक कार फरारी ३३५एस स्पाइडर रहेको छ । मेसीसँग रहेको यो कारलाई कुनै पनि फुटबल खेलाडीले स्वामित्वमा राखेको अहिलेसम्मकै सबैभन्दा महँगो कार मानिन्छ । यस कारलाई लिलामीमा किन्न मेसीले क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारेको चर्चा छ ।
मेसीको कलेक्सनमा रहेको अर्को महंगो कार पगानी जोन्डा ट्राइकलर हो, विश्वभर जम्मा ३ युनिटमात्र उपलब्ध यस हाइपर कारको मूल्य १ करोड ७० लाख डलर पर्ने बताइएको छ ।
उनीसंग अर्को २० लाख डलर पर्ने मर्सिडिज बेन्ज एसएलएस एएमजी समेत रहेको छ । यो आकर्षक गुलविङ डोर भएको ५७१ हर्षपावरको सुपर कार हो ।
त्यसैगरी, मेसीसंग मसेरिटी, काडिलक र रेन्जरोभरका महंगा तथा विलाशी कार समेत छन् । जसको संयुक्त मुल्य ११ लाख डलर हाराहारी पर्ने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...