सीप मेलाका प्रशिक्षार्थीलाई सीजी मोटर्सले ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने
काठमाडौँ – सीप मेलाबाट अटोमोबाइल्स विधामा सीप सिकेका आठ जना...
काठमाडौं - आगामी भाद्र ९ देखि १४ गते सम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ मा पहिलो पटक नेपालमै बनेको इलेक्ट्रिक स्कुटर यात्री पी२ अवलोकन गर्न पाइने भएको छ ।
नेपालमा पहिले देखि नै टाटा गाडीको आधिकारिक वितरक रहेको सिप्रदी ट्रेडिङ प्रालिले यात्री डिजाइन स्टुडियोसँगको साझेदारीमा नयाँ स्कुटर बनाउन थाले देखि पहिले भन्दा यसको चर्चा झनै चुलिएको छ । हाल यात्री पी२ नेपालका विभिन्न भूभागहरुमा परीक्षण भइरहेको र यसको झलक सामाजिक सञ्जालहरुमा देख्न पाइन्छ । सोही स्कुटर आगामी नाडा अटो शोमा अवलोकन गर्न पाइने भएको हो । स्कुटरलाई नेपालका विभिन्न कठिन भूभागहरु वालिङ, राम्दीघाट, भरतपुर, काठमाडौं, नुवाकोट, कुरी, हेटौँडा, जिरी, फापरबारी, मुलकोट र कटारीसम्मका सडकहरुमा गुडाएर परीक्षण गरिएको छ ।
हाल सिप्रदी यात्रीले यसका लागि नाडा स्टल समेत बुकिङ गरिसकेको छ । यस अनुसार यो पटकको नाडा अटो शो नेपालमै बनेको यात्री पी२ स्कुटरका कारण पनि विशेष आकर्षक बन्ने अनुमान गरिएको छ । सो स्कुटरको बारेमा धेरै जानकारी कम्पनीले सार्वजनिक गरेको छैन । यसको बुकिङ वा अन्य थप जानकारी समेत अटो शोमार्फत नै सार्वजनिक हुने बताइएको छ ।
यात्री मोटरसाइकलले सिप्रदीसँगको सहकार्यमा स्कुटर प्रोजेक्ट अघि बढाएको थियो । त्यसअघि यात्रीले दुई मोटरसाइकल नेपालमै डिजाइन तथा उत्पादन गरेर बिक्रीमा ल्याइसकेको छ ।
नेपाली युवाहरुको समूहले नेपालमै बनाएको भनेर चर्चा कमाएको यात्री मोटरसाइकलले नम्बर प्लेट नपाएको र यसका कारण उत्पादन नै बन्द गर्नुपरेको समाचारका कारण धेरैको ध्यान तानिएको थियो । पछि दर्ताका लागि आवश्यक कानुनी व्यवस्था गरिए पश्चात नम्बर प्लेट उपलब्ध भएको थियो । कम्पनीले पी० र पी१ गरी दुई मोडलका मोटरसाइकल उत्पादन गरेको छ ।
काठमाडौँ – सीप मेलाबाट अटोमोबाइल्स विधामा सीप सिकेका आठ जना...
टोयोटाले आफ्नो पहिलो अल इलेक्ट्रिक एसयूभी बीजेड४एक्स सार्वजनिक गरेको छ ।...
बेलायतमा गत वर्ष भन्दा सेकेन्ड ह्यान्ड इलेक्ट्रिक कार किन्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...