५ हाजरमै टियागो ईभी वुक गर्न सकिने, गाडी हात पार्न ४ महिना सम्म कुनुपर्ने
काठमाडौं– टाटा टियागो ईभीले नाडा अटो शो–२०२३ मा सर्बाधिक चर्चा कमाइरहेको...
काठमाडौँ–मलेसियन ब्रान्ड प्रोटोनले नेपालमा लन्च गर्ने तयारी गरेको नयाँ विद्युतीय कार ईमास५ को बुकिङ खुला भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ईमास५ को बुकिङ खुला गरिएको जानकारी दिएको हो । अहिले बुकिङ लिने ग्राहकले विशेष मुल्यमा ईमास५ खरिद गर्न सक्ने जनाइएको छ ।
यो गाडी आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रविधिमैत्री, उच्च कार्यसम्पादन गर्ने र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला यो गाडीलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी विकास गरिएको हो ।
विशेष रूपमा रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ ।
यी विशेषताहरूले गर्दा व्यस्त सहरी सडक, राजमार्गदेखि नेपालको पहाडी बाटो ओरालो–उकालोमा समेत सुरक्षित र सहज यात्रा सुनिश्चित गर्ने कम्पनीको विश्वास छ । यसले दैनिक प्रयोग, सुरक्षा र सहजतालाई समान प्राथमिकता दिएको छ ।
प्रोटोन ईमास५ को आगमनले अत्याधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर र उच्च मूल्य–प्रतिफल प्रदान गर्ने विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउने जगदम्बा मोटर्सको दीर्घकालीन दृष्टिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
ईभी पारखीहरूका लागि प्रतिक्षित बनेको यस गाडीको विस्तृत प्राविधिक विवरण, मुख्य विशेषता र मूल्यबारे म्पूर्ण जानकारी आगामी केही साताभित्रै सार्वजनिक गरिने कम्पनीले उल्लेख गरेको छ ।
काठमाडौं– टाटा टियागो ईभीले नाडा अटो शो–२०२३ मा सर्बाधिक चर्चा कमाइरहेको...
होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...
बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...