रिभोल्टले लन्च गर्‍यो नयाँ आरभीएक्स इलेक्ट्रिक बाइक, फुल चार्जमा १६० किमीसम्म चल्ने दाबी

रिभोल्ट मोटर्सले आफ्नो नयाँ आरभीएक्स इलेक्ट्रिक मोटरसाइकल लन्च गरेको छ। कम्पनीले सो बाइकको प्रारम्भिक मूल्य १ लाख २४ हजार भारु निर्धारण गरेको छ। कम्पनीका अनुसार आरभीएक्स हालसम्मकै सबैभन्दा शक्तिशाली र अत्याधुनिक प्रविधियुक्त रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल हो।

नयाँ रिभोल्ट आरभीएक्स कुल ३ रङमा उपलब्ध हुनेछ। यसमा ३.२४ किलोवाट आवर क्षमताको रिमुभेवल एनएमसी ब्याट्री जडान गरिएको छ। सो बाइकमा फुल चार्जमा १६० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी कम्पनीले गरेको छ। फास्ट चार्जरको प्रयोग गर्दा यसको ब्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज हुन करिब डेढ घण्टा लाग्नेछ ।

सो इलेक्ट्रिक मोटरसाइकलले अधिकतम ७.१ बीएचपी पावर र २३० एनएमको टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार बाइकले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति केवल ३.९ सेकेन्डमा हासिल गर्न सक्छ। बुस्ट मोडमा यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ।

फिचरका लागि आरभीएक्समा फ्रन्टमा अपसाइड डाउन फोर्क सस्पेन्सन र रियर मोनोशक दिइएको छ । यसमा बुस्ट, स्पोर्ट, सिटी र इको गरी ४ वटा राइडिङ मोड रहेको छ । साथै हिल होल्ड असिस्ट, रिभर्स मोड, वाक असिस्ट, इमोबिलाइजर र भेइकल लोकेटर जस्ता फिचर समावेश गरिएको छ। साथै ३.५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो फेन्सिङ, ओभर द एयर सफ्टवेयर, कल र म्यासेज नोटिफिकेसन जस्ता फिचर पनि उपलब्ध छ।

भारतीय बजारमा रिभोल्ट आरभीएक्सले ओबेन रोर इभो र ओला रोडस्टर एक्स जस्ता इलेक्ट्रिक मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा उपलब्ध...

एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस नेपालमा, एथर रिज्टाको बुकिङ खुला

एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस नेपालमा, एथर रिज्टाको बुकिङ खुला

काठमाडौं – नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य...

अटो एक्सपो २०२३ : यी ५ व्राण्डले देखाए हाइड्रोन सेलबाट चल्ने गाडी

अटो एक्सपो २०२३ : यी ५ व्राण्डले देखाए हाइड्रोन सेलबाट चल्ने गाडी

भारतको नयाँ दिल्लीस्थित ग्रेटर नोयडामा जारी अटो एक्सपो २०२३ मा दर्जनौ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...