चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, साउनमा हुने नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

काठमाडौं– चेरीले नेपालमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय अर्बन क्रसओभर ‘चेरी क्यू’ सार्वजनिक गर्ने तयारी गरेको छ। आधुनिक शहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको चेरी क्यू आगामी साउनमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक गरिनेछ। नेपाली बजारमा यसलाई चेरी क्यू भनिने छ । अन्तर्राष्ट्रिय बजारमा यसलाई क्यूक्यू थ्री पनि भनिन्छ ।

उन्नत विद्युतीय प्लेटफर्ममा आधारित चेरी क्यूले आकर्षक डिजाइनसँगै फराकिलो तथा व्यावहारिक इन्टेरियर प्रदान गर्दछ। यसमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ।

चेरी क्यूमा ९० किलोवाटको परमनेन्ट म्याग्नेट इलेक्ट्रिक मोटर तथा ४१.२ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ। रियर–ह्विल ड्राइभ प्रणालीसहित उपलब्ध यस गाडीले एनईडीसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने अपेक्षा गरिएको छ। अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता तथा उत्कृष्ट विद्युतीय कार्यसम्पादनको संयोजनले चेरी क्यूलाई नेपाली बजारमा बहुप्रतीक्षित विद्युतीय सवारीसाधनका रूपमा स्थापित गर्ने विश्वास गरिएको कम्पनीको भनाइ छ।

चार्जिङ सुविधाका हिसाबले पनि चेरी क्यू अत्यन्तै प्रभावकारी रहेको छ। यसमा ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र १६ मिनेटमा चार्ज गर्न सक्षम बनाउँछ। साथै, भेइकल–टु–लोड (भीटुएल) सुविधामार्फत बाह्य विद्युतीय उपकरणहरू सञ्चालन गर्न पनि सकिन्छ।

चेरी क्यू ३ भेरिएन्ट, ५ वटा आकर्षक बाहिरी रङ तथा २ वटा प्रिमियम इन्टेरियर कलर थिममा उपलब्ध हुनेछ। नेपालको बढ्दो विद्युतीय सवारी बजारलाई लक्षित गर्दै डिजाइन गरिएको यस गाडीले आधुनिक प्रविधि, सहज प्रयोग र उत्कृष्ट कार्यसम्पादनको संयोजनमार्फत शहरी विद्युतीय गतिशीलतामा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

चेरी क्यूको आधिकारिक सार्वजनिक प्रदर्शन तथा मूल्य घोषणा आगामी ११ देखि १६ अगस्ट २०२६ अर्थात २०८३ साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा गरिने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

८६ स्थानमा एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तारः, थप १०० स्थानमा चाँडै संचालन हुने

८६ स्थानमा एमएडब्लू वृद्धिद्वारा चार्जिङ नेटवर्क विस्तारः, थप १०० स्थानमा चाँडै संचालन हुने

काठमाडौं – दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले...

काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं युनिभर्सिटी अन्तर्गत धुलिखेल क्याम्पसमा बीवाईडी चार्जिङ स्टेसन...

दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

काठमाडौं–दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...