सुजुकी वागनआर फ्लेक्स–फ्युल एक महिनामा जम्मा ३ युनिट बिक्री, किन भयो फ्लप ?

मारुती सुजुकीको पहिलो फ्लेक्स फ्युल मोडल, ’वागनआर बायोफ्लेक्स’को बजार सुरुवात निकै सुस्त देखिएको छ । पर्यावरणमैत्री र वैकल्पिक इन्धन प्रयोग गर्ने उद्देश्यका साथ ल्याइएको यो ह्याचब्याक कारले सुरुवाती दिनमा ग्राहकहरूलाई आकर्षित गर्न सकेको छैन ।

कम्पनीले ई८५ इन्धन प्रयोग गर्न मिल्ने यस नयाँ मोडलको बिक्री सुरु गरेको एक महिनामा जम्मा ३ युनिट गाडी बेच्न सफल भएको छ । वागनआर बायोफ्लेक्स औपचारिक रूपमा जुन ४ मा सार्वजनिक गरिएको थियो ।

भारतीय गाडी दर्तासम्बन्धी सरकारी अनलाइन प्रणाली वाहनको पछिल्लो तथ्याङ्क अनुसार, जुन २९ सम्ममा यो कारका जम्मा ३ वटा युनिट मात्र दर्ता भएका छन् । यसले बजारमा यस प्रविधिको सुरुवात निकै चुनौतीपूर्ण रहेको देखाउँछ । भारतीय बजारमा वागनआर बायोफ्लेक्सको सुरुवाती मूल्य ७ लाख २४ हजार तोकिएको छ ।

यसमा परिमार्जित १.२ लिटर, ४ सिलिन्डर के१२एन इन्जिन जडान गरिएको छ । कम्पनीका अनुसार, यो इन्जिन ई२० (२०% इथानोल मिश्रित) देखि ई१०० (१००% शुद्ध इथानोल) सम्मका सबै प्रकारका इथानोल मिश्रित इन्धनहरूसँग चल्न सक्षम छ । यो कार शुद्ध इथानोलमा पनि चल्न सक्ने भए तापनि यसलाई विशेष गरी ई८५ इन्धनका लागि प्रमाणीकरण गरिएको छ ।

बजारमा ई८५ इन्धन सजिलै उपलब्ध नहुनु र गाडीको सञ्चालन र मर्मत खर्च सम्बन्धी ग्राहकहरूमा देखिएको अन्योलता जस्ता कारणले फ्लेक्स–फ्युल मोडलप्रति ग्राहक सकरात्मक वन्न सकिरहेका छैनन् ।

फ्लेक्स–फ्युल प्रविधिमा समस्या भोग्ने मारुती सुजुकी मात्र एक्लो कम्पनी होइन । दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पका फ्लेक्स–फ्युल मोटरसाइकलले पनि बजारमा ग्राहकहरूलाई आकर्षित गर्न निकै संघर्ष गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

४० किलोमिटर माइलेज दिने नयाँ स्विफ्टको परिक्षण सुरु, छिट्टै बजारमा आउने

जापनिज अटो निर्माता सुजुकीले हालै सम्पन्न जापान मोविलिटी शोमा सार्बजनिक...

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

जापानी अटो कम्पनीहरुको नयाँ उत्पादन गन्तव्य बन्दै भारत, तेस्रो अटो हब बन्ने दौडमा

विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...

सुजुकी ग्रान्ड भिटाराको खुल्यो बुकिङ, दुई भेरिएन्ट आउदै

सुजुकी ग्रान्ड भिटाराको खुल्यो बुकिङ, दुई भेरिएन्ट आउदै

काठमाडौं – नेपाली बजारमा केही दिनमै सुजुकी ग्रान्ड भिटारा उपलब्ध हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...