याङ्गो राइडद्वारा ट्राफिक प्रहरीको सहकार्यमा सडक सुरक्षा कार्यक्रम आयोजना

काठमाडौं - याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा फ्लीट पार्टनर ईन्नोहब प्रा.लि. मार्फत २०० नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको थियो साथै २०० भन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियम, सडक सुरक्षा र नागरिक जिम्मेवारीबारे नेपाल ट्राफिक प्रहरीद्वारा प्रशिक्षण दिइएको थियो।

याङ्गो राइड नेपालका कन्ट्री मेनेजर सन्तोष पाण्डेले भने, ‘याङ्गोको उद्देश्य चालक, यात्रु र स्थानीय व्यवसाय सबैलाई लाभ पुग्ने वातावरण निर्माण गर्नु हो। स्थानीय फ्लीट पार्टनरसँगको सहकार्यले चालकहरूलाई सजिलो आम्दानीको अवसर प्रदान गर्नुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई पनि सहयोग पु¥याइरहेको छ।’

उनले थपे, ‘याङ्गोको लागि सुरक्षा पहिलो प्राथमिकता हो। नेपाल ट्राफिक प्रहरीसँग मिलेर चालकहरूलाई आवश्यक सुरक्षा ज्ञान र सामग्री उपलब्ध गराउन पाउँदा हामी खुशी छौं। आगामी दिनमा पनि चालक र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।’

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरी बन्यो झनै कडा : अब २४ घण्टे पुर्जीमा १५ सय जरिवाना

ट्राफिक प्रहरी बन्यो झनै कडा : अब २४ घण्टे पुर्जीमा १५ सय जरिवाना

काठमाडौं – ट्राफिक प्रहरीले नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना बढाएको छ...

कसरी थाहा पाउन सकिन्छ चोरी भएको चारपांग्रे सवारी साधन ? यस्ता छन् बच्ने उपाय

कसरी थाहा पाउन सकिन्छ चोरी भएको चारपांग्रे सवारी साधन ? यस्ता छन् बच्ने उपाय

छिमेकी देश भारतमा निर्मित विभिन्न सवारी साधनहरु भारतमै चोरी गरी अवैध...

आउँदै छ फाइभजी प्रविधि : यसरी हुनेछ ड्राइभिङ एक्सपेरियन्समा परिवर्तन

आउँदै छ फाइभजी प्रविधि : यसरी हुनेछ ड्राइभिङ एक्सपेरियन्समा परिवर्तन

फोरजी पछि अब नेपालमा पनि फाइभजीको चर्चा शुरु भएको छ । नेपाल टेलिकमले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...