इनड्राइभ नेपालद्वारा चालक सशक्तिकरणका लागि ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक

काठमाडौं–विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सेवालाई थप सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ को सुरुवात गरेको छ ।

मोबाइलबाटै सहजै अध्ययन गर्न सकिने गरी तयार पारिएको यो विशेष तालिम कार्यक्रमले ड्राइभर पार्टनरहरूलाई सडकमा आवश्यक पर्ने ज्ञान, व्यावसायिक सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य राखेको छ ।

यो अनलाइन कोर्स हाल सञ्चालनमा आइसकेको छ र थुप्रै चालकहरूले यसलाई सफलतापूर्वक पूरा पनि गरिसकेका छन् । इनड्राइभले यस उपयोगी कोर्सलाई नेपालभरिका १ लाखभन्दा बढी चालकहरूसम्म पु¥याउने ठूलो लक्ष्य राखेको छ । ड्राइभर पार्टनरहरू निरन्तर यात्रामा व्यस्त रहने यथार्थलाई मनन गर्दै कोर्सलाई अत्यन्तै छोटो, व्यावहारिक र पहुँचयोग्य बनाइएको छ । चालकहरूले आफ्नो व्यस्त समयबाट मात्र २० मिनेट निकालेर यो पूरा गर्न सक्छन् ।

यो अनलाइन कोर्सलाई व्यवस्थित रूपमा तीनवटा मुख्य भागमा विभाजन गरिएको कम्पनीले जनाएको छ । सिकाइलाई प्रभावकारी बनाउन प्रत्येक मोड्युलमा ५ मिनेटको भिडियो र ५ वटा प्रश्नहरू राखिएका छन् ।

कोर्स पूरा गरेको आधिकारिक प्रमाणपत्र प्राप्त गर्न चालकहरूले क्विजमा कम्तीमा ८० प्रतिशत सही उत्तर दिनुपर्नेछ । यदि पहिलो प्रयासमा सफल हुन नसकेमा चालकहरूले बिना कुनै बन्देज जति पटक पनि पुनः प्रयास गर्न सक्ने सुविधा छ ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनिता जीमी राईका अनुसार, यो कोर्स केवल नियम पालनाका लागि मात्र नभई चालक र यात्रु दुवैको वास्तविक सुरक्षाका लागि एक बलियो उपकरण हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...