टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र तनावग्रस्त, राजमार्ग अवरुद्ध
काभ्रे–टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र...
काठमाडौँ–लगातारको वर्षाका कारण कान्ति लोकपथ सडकखण्डको दुई छुट्टाछुट्टै स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । मंगलबार बिहान सडकमा पहिरो खसेपछि हेटौँडा र काठमाडौँतर्फ गुड्ने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।
इलाका प्रहरी कार्यालय ठिंगनका अनुसार असार १६ गते बिहान (राति) १२ः३० बजे मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनस्थित सडकखण्डमा माथिबाट ठुला ढुङ्गासहितको पहिरो खसेको थियो । पहिरोका कारण सडक पूर्ण रूपमा थुनिएपछि बिहान ५ः३० बजेदेखि नै प्रहरी टोलीले स्थानीय प्रशासनको सहयोगमा पहिरो पन्छाउने कार्य सुरु गरेको थियो ।
ठिंगनको पहिरो पन्छाएर बिहान ६ः३५ बजे सडक खुलाउने प्रयास भइरहेकै बेला कान्ति लोकपथकै अर्को खण्डमा पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित भर्याङ डाँडामा दोस्रो पहिरो खसेको हो ।
भर्याङ डाँडामा खसेको पहिरो निकै ठुलो र लेदोसहितको भएकाले तत्कालै सडक खुलाएर यातायात सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रहरी स्रोतले जनाएको छ ।
मौसम प्रतिकूल रहेकाले र पहिरो पन्छाउन समय लाग्ने देखिएकाले यस सडकखण्ड भई यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग (त्रिभुवन राजपथ वा विपी राजमार्ग) प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
काभ्रे–टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र...
काठमाडौं। नागढुंगा–नौबिसे सडक खण्डमा मर्मत तथा सुधार कार्य अझै जारी रहने...
काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...